Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लामो दूरीमा साझा पनि सरर

काठमाण्डौ । कोरोना कहरका कारण ६ महिनोदखि रोकिएको लामो दुरीका सवारी चल्न थालेको छ । साझा यातायातका बस पनि आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए ।

कहाँ कहाँ जाँदैछ ?
तत्काललाई काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् । ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई(सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू गर्न लागेको हो ।