Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लिखित जबाफ बोकेर प्रधानमन्त्री सर्वोच्च जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेशअनुसार उनी आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका हुन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।
ओलीले उक्त मुद्दामा म्याद भने गत आइतबार नै बुझेका थिए । उनले सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए । अदालतको अवहेलनानै गरेको अभियोग नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि छन् । चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै लिखित जबाफ बुझाइसकेका छन् ।