Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटपाट गरी फरार व्यक्तिहरु पक्राउ

रुकुम । पुथाउत्तरगंगा गाँउपालिका९१ बस्ने ३८ बर्षीया जुनकुमारी पुन र उनकी छोरी १५ बर्षीया रश्मी पुनलाई गत जेठ ३२ गते कुटपिट गरी साथमा रहेको धनमाल लुटपाट गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका९२ डेरा गरी बस्ने रुकुम ९पूर्व० पुथाउत्तरगंगा गाँउपालिका९१ मैकोट घर भएका २७ बर्षीय अमर पुन मगर र उदयपुर रौतामाई गाँउपालिका९७ ख्याटुङ घर भएका २० बर्षीय लक्षमण मगर रहेका छन ।
रुकुम ९पूर्व० उक्त गाँउपालिका अन्तर्गत बुकी पाटनबाट घरतर्फ आउँदै गरेका आमाछोरीलाई सेर्खा भन्ने ठाँउम अपरिचित व्यक्तिले कुटपिट गरी घाइते बनाई साथमा रहेको नगद १ लाख ५ हजार रुपैयाँ, आधा तोला सुनको टप, ५ तोलाको चाँदीको बाला र १ थान सिमकार्ड सहितको मोवाइल फोन लुटपाट गरी भागेको घटनाको अनुसन्धान तथा खोजीको क्रममा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई पीडितबाट लुटिएको मोवाइल, मोवाइलमा प्रयोग गरेका सिमकार्ड ४ थान, सुनको टप, घटनाको समयमा लगाएका शंकित लुगा समेत प्रहरीले वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० ले जनाएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको छ ।