Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटपाटको अभियोगमा खत्री पक्राउ

भोजपुर । नगद लुटपाट गरेको अभियोगमा आमचोक गाउँपालिका ९ रुक्सेबाट सोही ठाउँ बस्ने २६ वर्षीय गौतम खत्री लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ आउँदै गरेको ना. ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर धाकधम्की समेत देखाई उनीहरुले ट्याक्टर चालक सोही ठाउँ बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठको साथमा रहेको नगद २१ हजार ५ सय लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार