Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ । नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर गर्न सकिने छ ।
नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरुलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ । काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहितका सेना बाक्लो संख्यामा देखिन्छन् । उनीहरुले मोर्निङ वाकमा निस्किएकाहरुलाई नयाँबानेश्वर चोकतर्फ आउन दिएका छैनन् । कर्फ्यु लागेको भन्दै सेनाका जवानहरुले घर फर्किन भनिरहेका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल