Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जसले देश लुटेको छ, जनतामाथि गरेका अपराधको सूचि लामै छ । केपी ओलीका अपराध धेरै छन् । अझै उनकै डाँको ठूलो छ । हाहा र हुहुको सरकारले हाम्रो राहदानी खोस्ने भन्दै उनले गरेको प्रतिवादले आज पार्टी समेत बदनम हुँदा देउवा दरबार बनाउन काँग्रेसी एनआरएनए बीचमा लडाइँ चर्केको छ । एनआरएनका अध्यक्ष महेश श्रेष्ठ र ठाकुरप्रसाद ढुंगानाको पहलमा शुरु भएको त्यो लडाइँले अर्का अध्यक्ष बद्री केसीलाई हाइसञ्चो भएको छ । किनकि उनले चुनावका लागि महाधिवेशन गर्नु थियो । देशमा दलीय दादागिरी केही समयलाई हट्यो । डन र बलात्कारीका संरक्षक भएर एमालेको अध्यक्ष केपी ओलीको हुकुम शुरु भएको छ । देशमा उनकै कारण ७५ जनाको ज्यान गयो । २४ जना विद्यार्थीले गोली खाएर ज्यान गुमाए । त्यसको जिम्मेवारी ओलीको शासकीय स्वरूप हो । विद्यार्थीले भ्रष्टाचार बन्द गर, भेदभाव अन्त्य गर, कुशासन रोक भन्दा ओली र देउवाको कुर्सी हल्लियो । संसद तीनैको कब्जामा थियो । एमाले र काँग्रेसका कथित युवा पुस्ताको आँट अब छैन किनकि त्यो पुस्ता पनि बाख्रे काजीहरूको पिछलग्गु भइसकेको छ ।
जसले देश लुटेर राष्ट्र बैंकमा हुने पैसा घरमा गोदाम बनायो उसकै श्रीमतीका कारण देशमै डढेलो लाग्यो, थप्पड खायो, उसकै दरबार मर्मत गर्न विदेशमा भएको नेपालीले चन्दा दिनु पर्ने अवस्था सिर्जना गर्ने महेश श्रेष्ठ र ठाकुरप्रसाद ढुंगानामाथि सम्बन्धित देशले समेत निगरानी गर्नु पर्ने बाध्यता आउँछ आउँदैन शंका छ । काँग्रेसभित्र कस्ता नेता छन् भन्ने कुरा एनआरएनए हो । जुन शक्ति काँग्रेसकी कुलदेवी परराष्ट्रमन्त्री भएको फाइदा उठाउन सक्रिय थियो ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल