Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेताको स्वार्थ र पार्टीमा गुटको स्वार्थ बढेको कारण संघियता गणतन्त्र सामाजिक न्याय र विधिको शासनवाट दलहरु टाढीएकाछन् । देश र जनताको सर्वोपरितालाई चासो दिनु पर्नेमा दलहरु कमाउन व्यस्तछन् । देशको राजस्वमा लुट चर्काएका दलहरुले सुन तस्करको समेत संरक्षण गरेकैछन् । भुटानी शरणार्थी ललिता निवास प्रकरण ठूलो आर्थिक लेनदेनकावीचमा सफल भएका हुन् । सुन तस्करीमा माओवादी कै नेता तीनका पूत्र जोडिए । यो प्रकरणले पार्टीको गाउँ गाउँमा माओवादी भन्ने नारा ओझेलमा पर्यो । भ्रष्टाचार प्रदेशमा पनि व्यापकछ । विकास पूर्वाधार समयमा सम्पन्न नहुनु पटक पटक म्याद थप्नु भ्र्रष्टाचार हो ।
उता प्रदेश तिरको सत्ता लफडाले कोशीमा विवादछ । हिक्मत कुमार कार्की अल्पमतको सरकारका मुख्यमन्त्री हिजो सत्ता गठवन्धका उद्धव थापा थिए । एमालेका अध्यक्ष केपी ओलीको हेपाह शैलीकै कारण नेपालमा संख्यात्मक रुपमा पुग्ने देशभक्त वामपन्थी प्रगतिशील पक्षको सरकार भत्केको हो । शुरुमा केपीले काँग्रेसलाई उचालेर माओवादीलाई सत्ता वाहिर राख्ने खेल खेल्दै प्रम पदका लागि भुतुक्क भएका प्रचण्डलाई तानेर तर संसदवाट विश्वासको मत लिदा संसद विघटन कानून सम्वत बनाउन ओली नै कूर्लिए । उनको त्यो कुर्लाइ कै कारण सवै प्रदेशका सरकारहरु छिन्न भिन्न भए । एमाले लुम्वीनी सुदुर पश्चिम, गण्डकी र कोशीमा अल्पमतमा पर्यो । अहिले त्यो रोगले कोशीलाई प्रभावमा पारेको छ । एमाले ठूलो दल हो । राप्रपाका ६ सांसदले समेत सरकारलाई साथ दिन रुचाएको कारण कार्की सरकार ढल्यो । ४७ जनाको बहुमत मानिन्छ । एमाले ४०, राप्रपा ६, जोडदा पनि ४६ जना हुन्छ एकजना पुग्दैन् । जसपा १ जना सांसदछन् । केन्द्रमा भएको गठवन्धन प्रदेशमा लागू हुने नै भयो । मधेस प्रदेशमा जसपा कै सरकार छ । काम गर्न त्यो समूहले चासो दिदैन् । भ्रष्टाचार जसपाको केन्द्रीय लक्ष हो । अघिल्लो पटक छोरी पढाउ चेली बचाउ अभियानको भ्रष्टाचार साईकल वितरण काण्ड अख्तीयारमा पुगेको छ । जहाँका जनता नागरिकता विहिनछन् । अस्थिरता त्यहाँ पनि छ । काँग्रेसलाई सत्ताको नेतृत्व प्राप्त भएकै हो । माओवादीले सभामुख पद त्यागेकै हो । तर एमालेले उद्धव थापा नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गर्न नसक्ने बातावरण बनायो । सभामुखले पद त्याग्दा उपसभामुखले संचालन गर्नुपर्ने बैठक अवरुद्ध मात्र भएन एमाले पक्षका सांसदहरुलाई बैठक चलाउने वातावरण बन्न दिएन् । प्रदेशको नाममा एमाले र अन्य दलकावीचमा मत फरक भयो । कोशीमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि एकाएक भडकिए । जातीय राज्यको कल्पनाकार माओवादी हो । कोशीमा सवैदलले नामकरण गरेका थिए । तर किराँत राई शव्द कोशी किराँत प्रदेश भनेको भए यो अस्थिरता चम्कने थिएन् । प्रदेश संरचना निर्माणमा नामाकरण पछाडि भएको प्रदेश नै कोशी हो । त्यो प्रदेशका ठूला ठालु एमालेका केपी ओली एसका झलनाथ खनाल काँग्रेसका डा. शेखर कोईराला विजय गच्छेदारले राजनीति गर्छन त्यही प्रदेशमा । तर यी नेताले किराँत राई समूहको साथ लिएर छलफल समेत गरेका छैनन् । केन्द्रको राजनीतिक स्वार्थमा डूव्ने प्रदेश तहमा अस्थिरता बढाउने काम तीनैले गरेका हुन । एमाले यो अस्थिरताको मुल कारक हो । देशको राष्ट्रिय सम्पत्तिमा माफीयाहरुलाई रजाइ गर्न दिएर कौडीको भाउमा सुम्पने पार्टी भनेकै एमाले हो । त्यो पार्टी काँग्रेससँग मिलेर देशको सम्पत्ति हिनामिना गर्न संसदीय कालका १४ वर्ष लागेकै हो । तर गणतन्त्रको वितेको १६ वर्ष त्यो पार्टीका नेता कमाउन सकृय भएका कारण सत्ता स्वार्थलाई केन्द्र विन्दु बनाउने गरेको छ । कोशी प्रदेशमा एमालेले नछाडने काँग्रेसले साथ नदिने माओवादीलाई संघीय सरकारवाट खेदने योजना अनुरुप अनेक जालझेलका काम भएकाछन् । देशका नागरिकलाई नक्कली भुटानी बनाउने देखी सुन तस्कर काण्डमा कम्युनिष्ट पार्टी जोडिनु भनेको संद्धान्तीक बिचलन र राजनीतिक पतनको बाटो खोज्नु हो । लुटतन्त्र सवैको साझा एजेण्डा भएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल