Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लेवी तिर्न नसक्ने माओवादी हुने !

नेकपा माओवादीले जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव भएको पार्टी विधान अनुमोदन भए अबदेखि सो पार्टीको संगठित सदस्य बन्न नियमित आर्थिक सहयोग ९लेबी० बुझाउनुपर्ने छ । यो प्रावधानअनुसार कुनैपनि व्यक्ति माओवादीको विचार र सिद्धान्तसँग जतिसुकै नजिक भएपनि उसले नियमित लेबी बुझाउन सक्ने अवस्था छैन भने त्यो व्यक्ति संगठित सदस्य हुनबाट वञ्चित हुनेछ ।

माओवादीको प्रस्तावित विधानआनुसार सो पार्टीका सदस्य दुई किसिमका हुनेछन् । जसमा सदस्य र संगठित सदस्य रहेका छन् । माओवादीको सदस्य हुनलाई सात वटा प्रावधान राखिएको छ । जसमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेको, प्रचलित कानुनले अयोग्य नठहरिएको, पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी बनेको, र पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर रहेको हुनुपर्ने छ । विधानको धारा ७ मा सदस्यता सम्बनिध व्यवस्था छ । त्यस्तै विधानको धारा ८ मा संगठित सदस्य सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

शनिबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्रको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावित विधानमा उक्त व्यवस्था राखिएको हो । यो विधान जारी केन्द्रीय समिति बैठकले पास गरेपछि लागु हुनेछ ।त्यसै गरी विधानको धारा ८ मा संगठित सदस्यबारे उल्लेख छ । जसमा विधानको धारा ७ अनुसार सदस्य भएको कुनैपनि व्यक्ति धारा ८ को ङ अनुसार सङ्गठित सदस्य बन्न सक्नेछ । विधानको धारा ९ङ० मा स्पष्ट भनिएको छ पार्टी कमिटीमा संगठित भई काम गर्न तथा नियमित आर्थिक सहयोग लेबी बुझाउन तयार रहने ।


सम्बन्धित समाचार