Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकगायक दम्पती कोरोना मुक्त

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनामुक्त भएको जानकारी फेसबुकबाट नै दिएका छन् । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महतले फेसबुकमा लेखेका छन्, विश्वभरीका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो । कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए । महतले सबैको गहिरो माया प्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल