Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्षमानको स्वास्थ्यमा सुधार, चार महिनापछि नेपाल फकिँदै

काठमाडौं । स्वास्थ्यमा सुधार देखिएपछि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रवार नेपाल फर्किने भएका छन्। शुक्रवार बिहान बिहान एयर चाइनाको जहाजबाट नेता पुन काठमाडौं आउने तयारी भएको सचिवालयले जनाएको छ। स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि फागुनको पहिलो साता नेता पुनलाई चीन लगिएको थियो । पूर्व सभामुख समेत रहेकी पुन पत्नी ओनसरी घर्ती साथमा छिन्। वंशाणुगत जण्डिसले सताएपछि पुन चीन गएका थिए। उनी त्यसअघि पनि चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार देखिएपछि उनी फर्किन लागेका हुन् ।