Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूबाहेक पार्टीमा अरुलाई अगुवा बन्न नदिने भएपछि तत्कालिन उपाध्यक्ष वामदेव गौतम पार्टी एकता अभियानको नाउमा क्रियाशील हुँदा एमालेकै नेताहरू बाधक बन्दैछन् । राजनीतिक रुपमा खस्कँदै गएको एमालेमा मिसन ०८४ सोचे जस्तो छैन । डा. भीम रावललाई पार्टीबाट खेदेर केपी ओली सुदूरपश्चिममा देखेर एमाले आफैं ध्वस्त बनेको छ ।
अध्यक्ष ओली वामदेवबाट जति आतंकित छन् पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियता र राजनीतिक चासोप्रति आतंकित छन् । वामदेव गौतम एमाले, एकीकृत समाजवादीलाई मिलाउन जोड दिने नेता हुन् । तर केपी ओली, माधव, झलनाथ बाहेक समाजवादीका अरु नेतालाई पार्टीमा प्रवेश गर्न जोड दिएका छन् । राजेन्द्र पाण्डेहरू वामदेवलाई भिœयाउँदा उपाध्यक्ष पद गुम्ने डर छ । एमालेभित्रको जालझेलमा वामदेव गर डा. भीम रावल फस्ने अवस्था छैन । वामपन्थी पार्टीहरू मिलाउन जोड दिएका वामदेवहरू अहिले अलपत्र छन् । गौतमलाई पार्टी प्रवेश गराउन एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लागेका छन्
वामपन्थी शक्ति एक हुँदा देशको जनशक्ति बलियो हुन्छ । अहिले वापमन्थी शक्ति एक गराउन वामदेव एक्लै लागेका छैनन्, भएका वामपन्थी शक्तिहरूलाई मिलाउन भाँडिएका नेताहरूले समयमा नचिन्दा काँग्रेसले मौका पाएको हो । एमाले अध्यक्ष केपीकै कारण नेकपा फुटेको हो । फुटेको पार्टीमा बस्नु भन्दा एकता अभियान बनाएर आफ्नै पार्टी कार्यालय आफ्नै घरमा राखेका नेता वामदेवलाई जमात चाहिन्छ । वामदेव गौतमसँग त्यस्तो केही छैन । उनले एमाले अध्यक्ष केपी ओलीलाई अप्ठ्यारो पार्ने भएपछि तत्कालिन समयमा बर्दियाबाट पराजित गराउन केपी पक्ष लागेको हो । २०७४ मा वामदेव गौतम बर्दियाबाट हारेपछि पार्टीमा उजुरी गरे पनि सुनुवाई भएन । वामदेवलाई राष्ट्रपतिको कोटामा राष्ट्रियसभामा मनोनित गरिएको हो । अहिले पनि वामदेव सांसद नै छन् । उनले माओवादीसँग निकट हुन रुचाएनन् । एमालेको नाउमा पार्टी चलाएर सहज राजनीतिको फाइदा लिएकाहरूले नेकपा माओवादीलाई पचाउँदैनन् । माओवादीहरूले दश वर्ष हतियार नउठाएको भए गणतन्त्रात्मक व्यवस्था स्थापना हुने थिएन । संघर्ष माओवादीले ग¥यो फाइदा केपी ओली जस्ता ०६२÷६३ को आन्दोलनका विरोधीले फाइदा लिएका छन् । गणतन्त्र, संघीयता, समावेशीताका पक्षमा बोल्ने र काम गर्नेहरू आज सत्ता र शक्तिबाट बाहिर छन् । एमालेमा गुट छैन, फरक धार छैन भन्दै अध्यक्ष ओलीले पार्टी कार्यशाला र बैठकमा भनिरहँदा शंकर पोखरेल र विष्णु पौडेल गुटका फरक फरक समूह प्रदेश र जिल्लामा उम्मेदवार बनेका थिए । अहिले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन विभाजित नेकपा मिलाउने योजनामा विष्णु पौडेलको टिम लागेको छ । अध्यक्ष ओलीलाई त्यो मन परेको छैन । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् । पार्टी कब्जा गर्ने जनमत भएपनि संसदीय अभ्यासमा ओली शासनमा जनहितका काम हेरिन्छ । तर ओलीका ५ महिना ५८ अर्ब ऋण देशमा बढ्यो । व्यापारीहरूले विद्युत र टेलिफोनको महसुल र रोयल्टी तिर्नु परेन । अर्थतन्त्र धरासायी बनाएर आफू पुष्टिने जनतालाई महंगी र ऋणमा डुबाउने काम भएको छ । विपक्षीमाथि आक्रमण, आफ्ना जोगाउने सहकारी ठगी भएकै छ ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल