Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वायुसेवा निगम सुधार्न कुलमानकाे खाेजी

काठमाण्डौं । कुनै बेला १८ घण्टासम्म लाइन काटिने र बाँकी ६ घण्टा बिजुली बाल्न पाइने आतंककाबीचमा नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेर एकाएक सबै नेपालीको मनमा बस्न सफल भएका कुलमान घिसिङ फेरि चर्चाको शिखरमा पुगेका छन् । जब अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी नेता जनार्दन शर्माको काँधमा गयो त्यसपछि कुलमानको चर्चा शुरु भएको हो । यतिबेला कुलमानलाई फेरि प्राधिकरणमा लैजाने बहस सामाजिक सञ्जालमा भए पनि त्यो सम्भावना नरहेको मन्त्रालय स्रोतले बताएको छ ।

उचित स्थानको खोजी गरी कुलमानलाई जिम्मेवारी दिने सोचाई रहेको बताइएको छ । कुलमानका लागि उचित स्थानको खोजी गर्ने क्रममा नेपाल आयल निगमको चर्चा चले पनि त्यहाँ उदयपुर सिमेन्ट उद्योगमा कुलमान बनेर आएका सुरेन्द्र पौडेलले कमाण्ड सम्हालिरहेका र निगमलाई सुधारको बाटोमा अघि बढाइरहेका कारण निगम भन्दा सधैंको भद्रगोल हुने र माफियाको जालो कसैले तोड्न नसक्ने नेपाल वायुसेवा निगममा लैजाने विषयमा वायुसेवा निगमभित्रका सबै बेथिति पत्ता लगाएका सुगतरन्त कंशाकारसँग छलफल भएको बताइएको छ । कंशाकारले पनि कुलुमानलाई वायुसेवा निगम लैजान सके हवाई माफियाहरुका सातो जाने र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम फेरि उड्न सक्ने सुझाव दिएको स्रोतको दाबी छ ।

निगमभित्रको भ्रष्ठाचारको जालो यतिसम्म छ कि राष्ट्रिय ध्वजाबाहक कम्पनीलाई ध्वस्त बनाएर निजी क्षेत्रको हिमालयन एयरलाइन्सलाई अघि बढाउन निवर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीकै निर्देशनमा निगमको अन्तर्राष्ट्रिय उडान कटौती गरी हिमालयन एयरलाई व्यापार दिएको कुराले पुष्टि गर्दछ । बन्दाबन्दीको समयमा पनि चार्टरका नाममा भएको उडानमा निगमलाई १८, हिमालयनलाई ६३ उडान अनुमति दिइनुले पनि त्यहाँभित्रको भ्रष्टाचार सरकारप्रमुखसँग जोडिएको छर्लङ्ग हुन्छ ।

एकै प्रकृतिका कम्पनीहरुका बोर्ड सदस्यहरु एक अर्कामा सदस्य हुन नपाउने कानुनी प्रावधान भए पनि थामसेर्कु र यति एयरका लगानीकर्ताहरुलाई बायु सेवा निगमको बोर्ड सदस्य बनाएर निगमलाई धरासायी बनाउने काम अहिले पनि जारी छ । त्यहाँ कर्मचारीहरुको आन्दोलनले महाप्रबन्धक डिमप्रसाद पौडेल भागेका छन् भने कर्मचारीको नजर यति एयर र हिमालयन एयरका सञ्चालकहरुलाई निगमको बोर्ड सदस्यबाट हटाउनेतर्फ पुगेको छैन । कुलमान जस्ता इमान्दार र सफल व्यवस्थापक वायुसेवा निगमले पायो भने एक पटक विद्युत प्राधिकरण उठे झैं नेपाल वायुसेवा निगम पनि झण्डा फहराउँदै माथि उठ्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार