Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । ठूलाले जे गरे पनि हुन्छ भन्ने सामन्तवादी सोच अझै हटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल सवार दुबईको उडानमा बिहीबार छुटेका यात्रुलाई नेपाल वायुसेवा निगमले वैकल्पिक उडानबाट पठाउने जनाउँदै माफी मागेको छ । निगम प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै २ सय ७४ यात्रुमध्ये ३१ जना छुटेकामा क्षमायाचना गरेका हुन् । निगमले ७ गते नै बिहीबारको आरए २२९ उडान सार्ने निर्णय गरेको थियो, निगमको वाणिज्य विभागका एक उपनिर्देशकले भने, हामीले सबै यात्रुलाई उडान सार्ने निर्णयपछि अटोमेसन इमेल र अधिकांशलाई फोन गरेका थियौं । छुट्न गएका यात्रुबारे आन्तरिक छानबिन गर्नेछौं । ती उपनिर्देशकले विदेशबाटै टिकट काटेर आएका केही यात्रुको फोन सम्पर्क हुन नसकेपछि इमेल पठाएको दाबी गरे । निगमको वाणिज्य विभागले बिहीबार फेसबुकबाट निगमको उडानमा छुटेको भिडियो सार्वजनिक गर्ने यात्रुलाई पनि फोनमार्फत उडानको समय साढे ११ बजेबाट साढे ९ बजे सारिएको खबर गरेको दाबी गरेको छ । बिहीबारको उडानका यात्रुबारे इमेल र फोन पठाइएको विस्तृत विवरणको लगबुक निगममा भएको बताउँदै ती उपनिर्देशकले छुटेका यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको र वैकल्पिक उडानबाट शुक्रबारसम्म गन्तव्यमा पठाइने बताए ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल