Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्ने : उपाध्यक्ष ढकाल

नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले चुनाव जितेर गएमा नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताएका छन् । नेपालगन्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु । वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उनले बताए ।
आफुले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन लागि पर्ने बताए । ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।
यसअघि गुलरिया शुक्रबार उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राखेका हुन् ।
कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्लास्तरबाट सानो व्यवसायबाट सुरु गर्दै ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गर्दै आफ्ना समस्या बुझेका चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा र जिल्ला नगरका समस्यासँग जुध्दै आएको गुणनिधी तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।


सम्बन्धित समाचार