Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसमा कमाईको मौसम छ । आजको एक सातापछि अर्थात् फागुन ७ गतेबाट काग्रेसको महासमिति बैठक बस्दैछ । पार्टीका महाधिवेशनको मध्य अवधिमा महासमितिको बैठक बस्ने काँग्रेसी परम्परा विधानले व्यवस्था गरेको हो । तर यस पटक महासमिति र नीति महाधिवेशन एकै थलोमा तीनै सहभागीबाट गरिँदैछ । महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य फरक हुन् । महाधिवेशन प्रतिनिधि छनोट गर्दैमा काँग्रेसले महासमिति सदस्य छनोट गर्दछ । यो कुम्भमेलाका सहभागीलाई भात भान्सादेखि सुत्ने ठाउँको व्यवस्थापन पार्टीले गर्छ । स्व. सुशिल कोइराला सभापतिमा प्रतिस्पर्धा गर्दा भोजन र व्यवस्थापन समितिको संयोजक भएका बलबहादुर केसी उर्फ पर्खाल काण्डले चमत्कार गरेका थिए । भृकुटीमण्डव आयोजनास्थल थियो । भोजन त्यही हुन्थ्यो । सहभागीलाई खुवाउन ल्याइएका ९ वटा खसी केसीको हवेलीमा पु¥याइएको खबरले काँग्रेसीहरू आक्रोशित थिए । त्यो मात्र होइन काठमाडौंमा महल भएका, प्राडो पजेरो चढ्ने नेताले खाना खाएनन् पार्टीले छुटुयाएको होटल तटा लजमा बसेनन् । तर ती सबैको बिल उठ्यो । भुक्तानी गर्ने बेलामा गौशालाको २ लजको नक्कली बिल पार्टी कार्यालय पुगेपछि काँग्रेसभित्र राम्रै खैलाबैला भएको थियो । तर यस पटक केन्द्रीय सदस्य बलबहादुर केसीले कित्ता फेरेका छन् । हिजो उनी देउवा कोटामै थिए । प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, बल बहादुर केसी एउटै समूह देउवा विरुद्धको मोर्चामा सहभागी भएका हुन् । यिनको विद्रोह स्व. गिरिजाप्रसाद कोइरालाले माधव नेपालको सत्ताकालमा भष्मासुर नायिका सुजाता जोष्टलाई उपप्रधान तथा परराष्ट्रमन्त्ती बनाएकोमा शेरबहादुर देउवाले छेकेनन्, विरोध जनाएनन् भन्ने हो ।
यस पटक काँग्रेसले ललिपुरका पुराना नेता मदन अमात्यलाई आवास, उदय समशेर राणालाई भोजन उप समितिको संयोजक बनाएको छ । यी दुवै अनुहार पार्टीको नाममा लुट्ने होइनन् बरु आर्थिक व्यवस्थापन गर्ने हैसियतका हुन् । बलहादुर केसीका लागि यस पटक थुक निल्ने, अरुको व्यवस्थापन नजर लगाउने ठाउँ छ । उनको गृह जिल्ला सोलुमा केसीको चमत्कार घट्दो छ । आफूले भनेको काम नगर्दा एकै वर्षमा सात जना स्थानीय विकास अधिकारी फेरबदल गर्ने पौरखी केसीले दूधकुण्ड गाउँ पालिकाको लडाइँ समाधान गर्न नसक्दा सरकारले हस्तक्षेप गरेको थियो । त्यो गाविसका २ वडाले जनप्रतिनिधि छनोट गर्ने २ वटा चुनावमा भाग लिएनन् ।
पछिल्लो पटक रामचन्द्र पौडेल पक्षधर भएको टोली एकाएक कोइराला परिवारमा मिसिन पुगेको छ । आफैं भित्र एक नभएका डा. शेखर, डा. शशांक र सुजाता स्वार्थमा छन् । डा. शशांकलाई सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफ्नो उम्मेदवार बनाए भने शेरबहादुर गुटको अहिले देखिएको अराजकता र माओवादी दुश्मन एमाले मित्र ठान्ने शैलीमाथि अंकुश लाग्नेछ । त्यही कारण महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तुती गठबन्धनलाई जनताको सेवक बनाउनेमै जोड छ । तर डा. शेखरले कोसी प्रदेशमा गरेको अन्तरघातको हिसाव किताव संस्थापनले आन्तरिक रूपमा लिएको बताइन्छ । एमालेले कोशी प्रदशेको फाइदा लियो । शेखर समूह पनि एमालेकै काँधमा चढेर पुष्पकमल दाहालझै ठूलो पद लिन पुगेको हो । त्यो समूहको अराजकताले काँग्रेसको चरित्र बिगँ्रदो छ । गठबन्धनमै अविश्वास बढ्दो छ । ४० प्रतिशतको टेको लगाएर कहिले माफिया विनोद चौधरी, पहिले भुटानी शरणार्थी प्रकरणका नायक बालकृष्ण खाँणको भ¥याङ चढेर देउवालाई धम्क्याउने बाटोमा लागेका शेखर समूहले सरकारले भ्रष्टाचारीमाथिको कारबाही चलाउँदा विरोध गर्छ भने देउवा र डा. शेखरमा फरक के भो ? डा. शेखर गुटको तर्क छ, काँग्रेसलाई छानेर आक्रमण भयो । काँग्रेस सत्तामा धेरै बस्यो । मन्त्री भएकाहरूले अपराध गरे । छानविनमा काँग्रेसका नपरे को पर्छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेतको लुट अहिले पनि छ । पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बस्नेतले दूरसञ्चार प्राधिकरणको टेराम्याक्स प्रविधि खरिद काण्डमा ३ अर्ब ८० करोड भ्रष्टाचार गरेको कुरा अख्तियारले उदांगो पार्दैछ । संवैधानिक निकाय, प्रहरी, राज्यशक्ति लगाएर लुटेरा जोगाइएला । तर यो मुलुकमा काँग्रेस सधैं बाधक बन्ने छैन । तारागाउँ होटलको जमिन हरिसिद्धि इँटा टायल कारखानाको सम्पत्तिको बारेमा प्रहरीको सिआईबीले छानविन गर्दैछ । सरकारले सुशासनको बाटो लिँदा औडाहा भएको डा. शेखर समूहले पार्टीको संस्थापनमाथि प्रहार गर्ने औजार के छ ?
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल