Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदाइ समारोहमा तीन तीन एआईजीको विद्रोह

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले आयोजना गरेको विदाइ समारोह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी०हरुले ‘बहिस्कार’ गरेका छन् ।
मंगलबारबाट ३० वर्षे सेवा हदका कारण तीन एआईजी र १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । अवकाश पाउने अधिकृतलाई विदाइ गर्ने प्रहरीको परम्परा अनुसार मंगलबार साँझ औपचारिक समारोह राखिएको थियो ।
समारोहमा उपस्थित भइदिन प्रहरी प्रधान कार्यालयले एक साताअघि नै सबैलाई पत्राचार गरिसकेको थियो । तर, विदाइमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात देखिएनन् । त्यस्तै, केही डीआईजी पनि अनुपस्थित भए । प्रदेशमा कार्यरत् डीआईजीको पनि त्यहीँ विदाइ भयो ।
खनालको कार्यकालभरि प्रतिस्पर्धी एआईजी कार्कीसँग सुमधुर सम्बन्ध बनेन । राई र बस्न्यातलाई पनि उनले साथ लिएर अघि बढ्न सकेनन् । अधिकांश डीआईजीसँग पनि खनालको राम्रो सम्बन्धित थिएन । उनका सहकर्मीले खनालले एकलौटी ढंगबाट संगठन चलाएको आरोप लगाउँदै आएका थिए ।
अवकाश आउनेमा निवर्तमान आईजीपी खनाल र तीन एआईजीसहित डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी र महेन्द्रकुमार पोखरेल छन् । त्यस्तै, डीआईजी महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएका छन् ।
उनीहरुमध्ये डीआईजी बस्न्यात बागमती, घिमिरे गण्डकी, शाह ५ नं प्रदेश र जोशी कर्णाली प्रदेश प्रमुख थिए । उनीहरुको विदाइ त्यहीँ भयो । डीआईजी श्रेष्ठचाहिँ प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारत छन् । तत्कालीन कोशी अञ्चल प्रहरी कार्यालय, धरानमा कार्यरत एसएसपी श्रेष्ठ १५ साउन २०७३ मा एक्कासी अचेत भएर लडेका थिए ।
अचेत अवस्थामा रहेका बेला विशेष पद सिर्जना गरेर उनलाई आईजीपी प्रकाश अर्यालले डीआईजी पदको दज्र्यानी चिन्ह लगाइदिएका थिए । काठमाडौंमै भए पनि डीआईजी पीताम्बर अधिकारी, दिनेश अमात्य, महेशविक्रम शाह लगायत पनि विदाइ समारोहमा देखिएनन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल