Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन्।
च्यासलमा जारी सचिवालय बैठकमा बोल्दै ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरे। उनले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको बताए।
उनले भने, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिँइँदैछ। यसले लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।
नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको बताए।
उनले पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढङ्गले अघि बढाउनुपर्ने बताए। प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलेन्टियर फोर्स गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने बताए।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल