Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्या अघि बढ्दा यिनको निद हराम

काठमाडौं । सर्वशक्तिमान मुलुक अमेरिकका राष्ट्रपतिहरू पद सकेर आप्mनो पुरानै पेशामा फर्किन हुने नेपालका राष्ट्रपति, उपराष्ट्रपतिहरू राजनीतिमा फर्कन नहुने ? यिनलाई राज्यले पाल्नु पर्ने, जनताको थाप्लोमा जन्मँदैमा ऋणको भारी बोक्नु पर्ने गरिब देशका धनी नेताले चलाएको लोकतान्त्रिक नेताका स्वार्थको शासनमा हुने यस्तै हो ।
काँग्रेसका राष्ट्रपति मासिक ५० हजार भत्ताले नपुगेर चुल्हो बलेन भन्दै राज्यकोषबाट हजम गर्छन् । घर भएर पनि राज्यलाई मासिक १ लाखको घर भाडा तिराउँछन् । पानी, बत्तिको बिल राज्यले तिर्छ । उनलाई अझै पुगेको छैन । एमालेको राष्ट्रपति विद्या भण्डारीले मासिक भत्ता लिन्नन् तर सुरक्षाकर्मीलाई घरभाडामा लिएर राखेकै छन् । उनी राजनीतिमा आउँदा एमालेका अध्यक्ष केपी ओली र उनको मण्डलीलाई चिन्ता छ । वामपन्थी एकता विरोधी ओली धारका विरुद्ध एमलोभित्र पनि चर्को स्वर उर्लंदै छ । ओली गुटका कार्यकर्तालाई पार्टीमा कुनै त्याग, समर्पण, लगनशीलता जरुरी पर्दैन । पार्टी सदस्य नरहेकी कोमल ओली राप्रपाबाट आएर केन्द्रीय सदस्य हुने, झापाका दुर्गा प्रसाई केन्द्रीय सदस्य हुने, चुरे भावरका बद्री न्यौपाने, क्रिश्चियन धर्मका नेपाली ठेकेदार एकनाथ ढकाल एमालेको समानुपातिक सांसद हुने यस्तो विचित्रमा रमाएका केपी ओलीलाई विद्या भण्डारी पार्टीमा फर्कंदा रिश किन ? विद्या भण्डारी राष्ट्रपति भइन् त्यो पद दिलाउन माओवादी अध्यक्ष प्रचण्डको हात थियो । उनले कम्युनिष्ट पार्टीको संस्थापक स्व. पुष्पलाल पत्नी सहाना प्रधानको नाम लिँदा ओलीले स्वीकारेनन् । ओली त्योबेला पार्टी भन्दा गुटलाई महत्व दिने नेता थिए । विद्या भण्डारी उनकै गुटकी थिइन् । स्व. मदन भण्डारीको पत्नी हुनु, पार्टीमा ओली गुटको पक्षधर बन्नु, ओलीबाट पार्टीको उपाध्यक्ष बनाइनु नै योग्यता थियो । स्व. सहाना प्रधान माक्र्सवादी पृष्ठभूमिकी मात्र थिइनन् २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रहको पक्ष लिँदा त्रिविको प्राध्यापकबाट हटाइएकी नेतृ थिइन् । २०३९ सालमा पुष्पलालको मृत्युपछि पार्टीको जिम्मेवारी उनैले लिएकी थिइन् । आन्दोलनबाट आएको अनुहार केपी ओलीलाई रुचि हुँदैन । उनी आफैं झापामा धर्मप्रसाद ढकालको हत्यामा जेल परेका थिए । तर राजनीतक परिवर्तनका लागि जेल बसेको बताएर राजनीतिक फाइदा लिएका छन् । चार पटक प्रम २ पटक पार्टीको अध्यक्ष हुँदा आफू कति सफल भएँ भन्ने हेक्का प्रम ओलीलाई छैन । त्यसैले नेपालका वामपन्थीहरूको बीचमा सहकार्य, कार्यगत एकता गर्ने सेतु पनि विद्या भण्डारी हुन सक्ने अवस्था यो बेला सिर्जना हुँदैछ, जुब बेला देश आर्थिक रुपमा टाट पर्दै सामाजिक मूल्य र मान्यताबाट भड्किँदैछ । देश बनाउने र मुलुकलाई समाजवादको बाटोमाा लैजाने हो भने वामदेव, माधव नेपाल, प्रचण्ड एक ठाउँमा आउनैपर्छ । एमालेको केपी गुटको मनपरी तोड्न त्यहाँ विद्या भण्डारीको राजनीतिक गतिविधि चम्कनुपर्छ मात्रै होइन एघारौं महाधिवेशनमा एमाले सप्रनुपर्छ । सेतो हात्तीका रुपमा काँग्रेसले पाल्ने राष्ट्रपतिलाई राज्य श्रोत सुम्पनु हुँन । मुलुकको स्थिति तन्नाम छ । जहाँ त्यहाँ भ्रष्टाचार छ । जनताले कर तिर्छ, रोग लाग्दा सरकारकै अस्पतालमा राम्रो उपचार पाउँदैन । नेताले सरकारका अस्पताल जनमुखी बनाउन चाहेनन् त्यही कारण गरिबले उपचार खर्च जुटाउन नसकेर मर्नु पर्छ । तिनै गरिबको नाउमा राजनीति गरेका काँग्रेस र एमालेले देश लुट्न पाउनु्पर्छ भन्ने मान्यताले विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने अनेक फन्डा गर्दैछन् र सेतो हात्ती पालेर रमिता गर्दैछन् ।


सम्बन्धित समाचार