Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । संघिय लोकतन्त्रात्मक व्यवस्थासँग संविधान जोगाउने र असंवैधानिक हर्कत रोक्न सर्वाेच्च अदालतद्वारा पुर्नस्थापीत संसद र नयाँ सरकारको बनौट मै विवाद भएको छ । विहानीले दिनको संकेत गर्छ । सरकारको राम्रो कामको जन समर्थन हुन्छ । तर प्रम शेर बहादुर देउवाका शुरुका दुई नियुक्ति विवादमा परेका छन् । प्रम देउवालाई स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र गण्डकी प्रदेशमा पार्टी महामन्त्री डा. शशाङ्कका लगानी कर्ता विन्दु कुमार थापालाई एकाएक मन्त्री बनाएपछि प्रधानमन्त्री देउवा पार्टी भित्रको ज्वालामा परे । प्रधानमन्त्री देउवाको भिड विरुद्ध सरकार लाग्नु पर्छ भनेर स्वास्थ्य मन्त्रालय आफैले राखेर शिक्षा र मेडिकल क्षेत्र सेवा होइन व्यापार हो भन्ने मानसीकताका उमेशलाल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु पर्ने बाध्यता के थियो ?
नेपाली काँग्रेस ५ वर्ष प्रतिपक्षमै बस्न चाहान्थ्यो । तर कम्युनिष्टको नाउँमा केपि ओलीको शासन संघियता लोकतन्त्र माथी प्रहार गरे । पार्टीमा गुटवाद ओलीको जबजम्यो । कोरोना महामारीको पिडाले जनता आतंकित थिए । ओलीको टीम रु ५ को माक्स रु १५ मा बेच्दै थियो । ओम्नी कम्पनीलाई अगाडि सारेर स्वास्थ्य सामाग्री खरिदमा ब्रम्हलुट मच्चिाइयो । प्रम ओली त्यो थाहा पाइन भन्छन् । नीतिगत खुलमखुला विचौलियाहरुको वालुवाटारसँगको सम्बन्ध सरकारका निर्णय, भ्रष्टाचार र वेथितीको चाङ्गले कम्युनिष्ट पार्टी पुरियो । तर केपि ओली र उनको टीमलाई छोएन । सांसद अपहरण गर्ने अर्काको दल फुटाउने काम भए । ओलीको जालमा फसेर मन्त्री बनेका राजेन्द्र महत्तो अहिले आएर खड्ग प्रसादले प्रतिगमनकारी निर्णय गरेकै हो भन्न थाले ।
५ वर्षे संसदीय कार्यकाल एक वर्षमा दुई पटक भंग गराएर ओलीको राज चलेको लोकतन्त्रको पक्ष लिनेहरुलाई मन परेन । तर गणतन्त्र मासेर राजतन्त्र ल्याउनु पर्छ भन्ने कमल थापा र कम्युनिष्टको नाउमा भक्तपुरको एउटा क्षेत्रमा कुजीएका नारायणमान विजूक्छेले नेकपा फुटाईदियो । माओवादी आफ्नै तालमा लाग्यो । राजनीति द्वन्द एमाले भित्रै चर्कियो । माधव नेपालको नेतृत्वमा एमालेको अल्पमत पक्षले समेत संसद पूर्न स्थापनामा जोड दियो । पूर्न स्थापित संसदमा ठूलो दल ६१ जना सांसद भएको काँग्रेसलाई गठबन्धन पक्षले प्रधानमन्त्रीका लागि अगाडि सार्दा शेर बहादुर देउवाले प्रम पद पाएका हुन् । देउवाका विगत राम्रो छैन । डा. आरजू राणा सालो भूषण राणाको जमात शेरबहादुर देउवासँग जोडियो । एकल परिवारका सदस्य प्रधानमन्त्रीको पदसँग जोडिन्छन् । तर तीनले नियुक्ति सरुवा, बढुवा, ठेक्का पट्टामा जोडिने पुग्दा प्रमको पदिय गरिमा कस्तो रहन्छ ? प्रश्न गण्डकी प्रदेशमा मन्त्री नियुक्तिमा दोबोटे विकमाथीको अत्याचारले झल्कायो ।
काँग्रेसले उद्योगी व्यापारीलाई साथमा राख्छ । तर दलीत समुदायका दोबाटे विकलाई लोप्पा दिन्छ । यस्तो काम एमालेले कृपाशुर शेर्पा प्रेम आले धनबहादुर बुढा ल्हक्याल लामाबाट गर्यो माओवादीले पनि सांसद त बनायो मन्त्री भने बनाएको छैन । टेक बहादुर गुरुङ्ग त्यस्तै चरित्रका थिए । उनी म्यानपावर व्यवसायी थिए उनैलाई श्रमराज्य मन्त्री बनाईयो । अहिले गण्डकीका विन्दू कुमार थापा केन्द्रका उमेशलाल श्रेष्ठको काम हेर्ने कि विरोध मात्र गर्ने हो । आफै धनाढ्यले आँफूले घुस नलेलान तर नीति गत सुधारमा व्यवसायीक हित हेर्छन् भन्नु अपराध होइन । विगतमा पनि चौधरी, खेतान, गोल्छा र दुगडहरु सांसद बनाईए अहिले पनि तीनिहरुको दबदबा छदैछ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल