Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

काठमाडौं । यो देशमा बहुमतको आडमा नयाँ तानाशाह जन्मने र पुरानो हैकवाद झैं नामेट हुनेक्रम चर्किएको छ । हिजो दुई पटक कम्युनिष्ट आडमा केपीको तानाशाहीकरण चर्को थियो, त्यसकै एउटा रुप संसद भवन अगाडि केही गरौं भन्ने युवाले आत्मदाह गर्दा शासकको मन पग्लिएन । लोकतन्त्रको नाउँमा जन्मेका यस्ता तानाशाहहरूले जनताको पक्षमा सिन्को भाँच्दैनन् । केपी ओलीको दोस्रो कार्यकालले त्यो तानाशाह जन्मायो । जसले एकै दिनमा ३७ जनता विद्यार्थीको खलियो लगाउँदा पनि मानविय चेतनाको संकेत गरेन । त्यही परिणामले सेनाको आडमा संसद भंग गर्ने र सेनाकै इशारामा चुनाव लगाउँदा बालेन्द्र प्रवृत्ति नयाँ तानाशाह बनेर स्थापित भयो । जुन प्रवृत्ति सबैतिर धम्क्याउने बल लिएर निरंकुश बन्दैछ । त्यहाँ ७० प्रतिशत सांसदहरू नै गलत छन् । त्यही प्रवृत्ति देशमा हावी छ । त्यसले समाजका समस्या सुन्दैन । दुःखद घटनामा सम्वेदनशीलता देखाउँदैछन् समाजको कुनै वर्ग पेशा र व्यवसायीका सुझाव स्वीकार्दैन । ओली प्रवृत्तिले सामाजिक सञ्जाल बन्द गरेर साइबर स्यालहरू परिचालन ग¥यो । आजको तानाशाहीले प्रधानमन्त्री र उनको मौजाहा गिरोहको बारेमा प्रश्न उठाउँदा फेसबुके प्रहारबाट गाली बेइज्जतीको पत्रपत्रिका बन्द गराउने आर्थिक नाकाबन्दी लगाउनु विज्ञापन रोक्नु तानाशाही हर्कतको नमूनाका रुपमा लिनुपर्छ । सरकारका अर्थमन्त्रीले विद्युतीय गाडीलाई पुरानो करको दायराभित्र कर निर्माण गर्दा रु २ अर्ब ६५ करोड भन्दा बढी कुम्ल्याए । यिनैले हो, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई लुटको निशाना बनाएको । स्वास्थ्य उपचारमा कर लगाउनेले घरायसी विद्युत प्रयोग गर्दा पनि ५ प्रतिशत भ्याट लगाएर कुम्ल्याउने ठाउँ खोजेको छ । हिजो काँग्रेस हुँदा अर्थतन्त्तभित्रको लुटेरा दस्तालाई सघाएका डा. स्वर्णिम वाग्लेलाई गरिब हुनु नै दोषी सावित गराउन सहज मान्न कसले सिकायो ? जो अर्थतन्त्रका हरेक निर्णयमा असफल छ ।
जलश्रोतका धनी देशले वैकल्पिक व्यवस्था नगरी एक्कासी मेलम्चीको पानी बन्द गर्दा उपत्यकाका तिनै शहरमा पानीको हाहाकार चर्काउँन सरकार लाग्यो । गौरव लाग्दो हो । तर त्यही निहुँमा जनता दुई तिहाईका विरुद्ध आफ्नो हैसियत अनुसार जेनजी आन्दोलनको रुप परिवर्तन गरी ज्यान छाडेर सडकमा उत्रियो भने अराजकको चरित्र बालेन्द्र, स्वर्णिम, सुदन र सुनिल लम्सालको अवस्था के हुन्छ ? हिजो सिंहदरबारमा आगो लगाउँदा आन्दोलनकारीलाई पानी बाँड्ने हाम्रो नेपाल, बारबरा फाउन्डेशन टीओबी समू्हसँगै रास्वपा नाउको अराजक जमातको हालत के हुन्छ ? आज खराने समुहको तानाशाही करणको विरोध चर्को छ । एउटा राजनीतिक दल संविधानको ख्याल गर्दैन । संसदले मर्यादाको ख्याल गर्दैन, भाषागत प्रयोगको विचार गर्दैन । मन्त्री, निर्माण व्यवसयाीमाथि प्रहार गर्छु भन्छ । व्यापारी कर तिर्दैन राजश्व मार्छ । विद्यार्थी शिक्षकमाथि रास्वपा अपमान गर्छ । कर्मचारीमाथि दमन गर्छ । फौजी प्रशासनको अराजकतालाई झन् उकास्छ भने त्यस्तो पार्टीको स्थायित्व कसरी हुन्छ ? सडक यातायात मोटरसाइकल चलाएर जिविका चलाउने मान्छेमाथि ट्राफिकको अत्याचार उस्तै छ । सरकार सडकको खाडल महिनौ पुर्दैन, ट्राफिक बत्ती बनाउँदैन तर सडकमा गल्ती गर्नेलाई एक लाखदेखि ५० हजारसम्म जरिवाना गराउने जेब्राक्रस बाहेक सडक पार गर्ने पैदलयात्रीलाई रु ५०० जरिवाना तिराउने जस्ता अव्यवहारिक निर्णय कार्यान्वयन गराउन कुन जंगे हल्दारले बुद्धि लगायो ।
अर्थतन्त्रको यही स्थिति रह्यो भने देशमा डा. स्वर्णिम वाग्लेले दोस्रो पटक बजेट प्रस्तुत गर्न पाउने अवस्था छैन । किनकि अराजकता र अनुशासन हिनताले रास्वपालाई थान्को लगाउन अरु दल जरुरी पर्दैन । जुन दल संघीयता मान्दैन संविधान संशोधनका लागि दलीय सहमति खोज्दैन उसको प्रवृत्ति नै गलत कामको प्रसंसा गर्ने अल्गोरिदमलाई संगठित गराउने हो । राज्यबाट जनता सुरक्षित छैन कुनै पनि नेता सुरक्षित छैन अदालतले समेत संविधानमाथि प्रहार गरेको छ ।


सम्बन्धित समाचार