Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिधिसभा बैठकमा भएको हंगामा र अमर्यादित गतिविधिबारे छानबिन गर्न सभामुख डिपी अर्यालले समिति गठन गरेका छन्। उक्त समितिको प्रतिवेदनका आधारमा संलग्न सांसदमाथि कारबाही हुन सक्ने संकेत पनि उनले दिएका छन्।
आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदहरूले संसद् भवनको वेल घेरेका थिए भने केही सांसदले सभामुखको माइक खोस्ने प्रयाससमेत गरेका थिए। सो क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल तथा हात हालाहालको अवस्था सिर्जना भएको थियो। विपक्षी दलको चर्को विरोध र नाराबाजीकै बीच सभामुखले बहुमतका आधारमा नियमावली पारित भएको घोषणा गरेका थिए।
सो घटनाको छानबिन गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी सभामुखले सोमबारको बैठकमा गराए। समितिमा सङ्घीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
सभामुखका अनुसार समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा प्रतिनिधिसभा नियमावलीको नियम ३३ को उपनियम (४) अनुसार अमर्यादित व्यवहार गर्ने सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ।
नियमावलीमा कुनै सदस्यले बैठकका क्रममा आपत्तिजनक वा ध्वंसात्मक गतिविधि गरेको अथवा बैठक कक्षमा भौतिक क्षति पुर्याएको प्रमाणित भएमा सभामुखले त्यस्ता सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, भएको भौतिक क्षतिको क्षतिपूर्ति सम्बन्धित सदस्यबाट असुल गर्न सकिने प्रावधान पनि नियमावलीमा समावेश छ।
यद्यपि कारबाहीको आदेश जारी गर्नुअघि सम्बन्धित सांसदलाई आफ्नो पक्षमा सफाइ पेस गर्ने उचित अवसर दिनुपर्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको छ।
२०८३ जेष्ठ १८
ताजा नेपाल
२०८३ जेष्ठ १८
ताजा नेपाल
२०८३ जेष्ठ १८
ताजा नेपाल