Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लवप्रति बढ्यो सुरक्षा निगरानी

मोरङ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको निगरानी सुरक्षाकर्मीले बढाएको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एक शिक्षकको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस खडा गरेको छ । मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गत मंगलबार हत्या भएपछि सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५१ जना सुरक्षाकर्मीको संयुक्त सुरक्षा बेस खडा गरेको हो ।

आइतबार स्थापना गरिएको संयुक्त बेस क्याम्पमा सशस्त्र प्रहरीको ३६ सुरक्षाकर्मीको नेतृत्व प्रहरी निरीक्षक सुमन बुढाथोकीले गरेका छन् भने १५ नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षक मिलन थापाले गरेका छन् । विप्लव समूहको आपराधिक गतिविधि बढेपछि त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै संयुक्त सुरक्षा बेस क्याम्प राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण को

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई गत मंगलबार घाँटी रेटी हत्या गरेपछि मिक्लाजुङ क्षेत्रमा त्रास छाएको छ । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्रमा सर्च गरिरहेको छ । विप्लव नेपाल प्रहरीले बुधबार नै मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता उच्च बनाउन निर्देशन दिइएको जनाएका छन् ।

शिक्षक हत्याको भोलिपल्ट गत बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो । गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् । प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

यसबीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एकरएक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ । यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार