Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जीवनबीमा कम्पनीहरुले पुस मसान्तसम्म ६२ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नियामक निकाय बीमा समितिलाई सम्बन्धित कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालन अनुमति प्राप्त गरेका चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सो बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् ।
बीमा कम्पनीहरुले यो वर्ष सङ्कलन गरेको बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही समयमा सङ्कलित बीमाशुल्कभन्दा ३१।४९ प्रतिशत बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म ४७ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क सङ्कलन भएको थियो
कुन कम्पनीको हैसियत कस्तो रु
६२ अर्ब ८५ करोडको बीमा शुल्कमध्ये बीमा कम्पनीहरुले नेपाल लाइफ इन्स्योरेन्सले यो अवधिमा सबैभन्दा बढी १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको थियो । यो २६।२२ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआईसी० नेपालले ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एलआईसीले ७ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको थियो । यो २०।२८ प्रतिशत बढी हो ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो तेस्रो स्थानलाई कायमै राख्दै यो अवधिमा ५ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २ करोडले कम हो । अघिल्लो वर्षको पुससम्म ५ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम सङ्कलन भएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्सले बीमाशुल्क सङ्कलनमा चौथो स्थान कायम राख्दै ५ अर्ब ५४ करोड बीमाशुल्क उठाएको छ । यो करिब ४० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ९५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन भएको थियो ।
युनियन लाइफले भने समग्रमा पाचौँ स्थानमा रहँदै नयाँ बीमा कम्पनीमध्येकै सर्वाधिक बीमाशुलक सङ्कलन गर्ने कम्पनीको रुपमा आफूलाई कायमै राखेको छ । युनियनले यो अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क उठाउँदा करिब ३६ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
त्यस्तै, एशियन लाइफ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्कसहित छैटौँ स्थानमा रहँदा यो वर्ष करिब ४० प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन गरेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्स २ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गर्दा करिब ४५ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।
यो अवधिमा गुराँस लाइफ इन्स्योरेन्सले भने यो वर्ष १ सय प्रतिशत भन्दा बढी वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष ९४ करोड बीमाशुल्कको अवस्थालाई सुधार गर्दै यो वर्ष सो कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ पुर्याइएको हो ।
नवौँ स्थानमा रहेको मेटलाइफ इन्स्योरेन्स भने यो वर्ष सर्वाधिक बीमाशुल्क घट्ने कम्पनीको रुपमा देखिएको छ । यो अवधिमा मेटलाइफले २ अर्ब ५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।
प्राइम लाइफ इन्स्योरेन्सको मूल्य पनि सन्तोषजनक रुपमै बढेको छ । पुस मसान्तसम्म प्राइम लाइफले २ अर्ब २ करोड रुपैयाँ बीमाशुलक सङ्कलन गर्दा करिब ४३ प्रतिशतको वृद्धिदर हासिल गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स भने बीमाशुल्क सङ्कलनमा समग्र बीमा कम्पनीमध्ये ११ औं र नयाँ बीमा कम्पनीमध्ये दोस्रो स्थानमा रहेको छ । सो कम्पनीले पहिलो ६ महिनामा १ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको हो । यो शुल्क अघिल्लो वर्षको सोही समयको तुलनामा १ सय २ प्रतिशत बढी हो ।
ज्योति लाइफ इन्स्योरेन्सले पनि यो अवधिमा करिब १ अर्ब ४४ करोड रुपैयाँ नै बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्ष यो कम्पनी बीमाशुल्क ७४ करोड रुपैयाँ थियो । यो करिब ९५ प्रतिशतको वृद्धि हो ।
नयाँ कम्पनी भए पनि रिलायबल लाइफ इन्स्योरेन्सको वृद्धिदर भने तुलनात्मक रुपमा कम छ । ६ महिनाको अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेर १३ औं नम्बरमा रहेको सो कम्पनीले अघिल्लो वर्ष १ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेर १० औं नम्बरमा कायम रहेको थियो ।
रिलायबल लाइफ इन्स्योरेन्सले यो अवधिमा १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क स।कलन गर्दै १५ औं नम्बरमा कायम भएको छ । यद्यपि यो वर्ष रिलायवल लाइफको वृद्धिदर सबैभन्दा बढी १ सय ७२ प्रतिशत रहेको देखिएको छ ।
यसबाहेक सन नेपाल लाइफ, सानिमा लाइफ, आईएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफको ६ महिनाको बीमाशुल्क भने १ अर्बभन्दा कम छ । सन नेपालले ९९ करोड सानिमा लाइफले ९७ करोड, आईएमई लाइफले ८८ करोड, प्रभु लाइफले ६३ करोड तथा महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको हो । अघिल्लो वर्ष यी कम्पनीहरुको बीमाशुल्क क्रमशः ५६ करोड, ४० करोड, ५८ करोड, ३० करोड र २८ करोड रुपैयाँ रहेको बताइन्छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल