Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलको सुरक्षा सतर्कताले पाएका उपलब्धी

काठमाडौं । मुलुकको परिचय दिने अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चुनौतीलाई ध्यान दिँदै एसएसपी भीम ढकालको चार महिने अवधिमा प्रहरीले आफ्नो अभियानलाई चुस्त बनाएको छ । विमानस्थलबाट हुने चोरी तथा तस्करी मात्र होइन आन्तरिक सुरक्षामा समेत ध्यान दिएको सुरक्षा टिमले आफ्नो अभियानलाई अगाडि बढाउँदा प्राप्त उपलब्धीलाई यसरी प्रस्तुत गरेको छ ।

 

  • श्रोत साधन व्यवस्थापन:
  • आगमन/ प्रस्थान हुने यात्रुहरुबाट ब्यागेज टुटफुट भएको एवं सामान हराएको, चोरी भएको भन्ने गुनासोहरु आउने गरेको सम्बन्धमा निराकरणको लागि विमानको ब्यागेज होलभित्रको Video Record राख्न AEE Body Worn Cameraयस कार्यालयबाट थान- ३ र त्रि.अ.वि.ना.उ.का.बाट थान- १० खरिदको भएको ।
  • त्रि.अ.वि.ना.उ.का.सँग समन्वय गरी Vehicle Search Mirror को प्रयोग द्वारा सुरक्षा चेकजाँचको व्यवस्था मिलाइएको ।
  • फलामे गेट स्थित कर्मचारीहरुको सवारी साधन पार्किङको लागि त्रि.अ.वि.ना.उ.का.सँग समन्वय गरी पार्किङस्थाल बनाइएको ।
  • नयाँ व्यारेक भवन बस्ने प्रहरी कर्मचारीहरुको लागि ‘’४३ ईन्च’’ को स्मार्ट टि.भी.जडान  गरिएको ।
  • समिक्षालयको लागि मिटिङ टेवल थान- १ र कुर्सी थान- २० खरिद गरिएको ।
  • प्रहरी कर्मचारीहरुको लागि फलामे खाट थान- १५ खरिद गरिएको ।
  • कार्यालय संचालनको लागि कम्प्यूटर थान- १ खरिद गरिएको ।
  • आगमन क्षेत्रमा रहेको कार्यालय/ शाखा/ उप- शाखा भित्र प्रवेशको लागि कार्ड रिडर ढोकाको मर्मत गरी संचालनमा ल्याइएको ।
  • आगमन अध्यागमन क्षेत्रतर्फ प्रवेश गर्ने पास वाहक कर्मचारीहरुको लागि Pass Reader Machine जडान गरी प्रयोगमा ल्याइएको । 

  • सुरक्षा चेकजाँचमा प्रभावकारीता:
  • भित्र प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँच कार्यलाई थप प्रभावकारी बनाउनको लागि विमानस्थल क्षेत्र भित्र प्रवेश गर्ने स्थानहरुमा (आयल निगम गेट, गोल्डेन गेट, फलामे गेट, आयल निगमका ट्याङकरहरु विमानस्थलको ‘बे’ सम्म प्रवेश गर्ने गेट) थप जनशक्ति खटाई Vehicle Search Mirror द्वारा चेकजाँचको व्यवस्था मिलाइएको। 
  • Aviation Rescue and Fighting Division नजिक रहेको EOD Holding Gate को मुख्य प्रवेशद्वारको भित्रपट्टी पार्किङ एरिया तथा प्रहरी चेकपोष्ट रहेको कारणले गर्दा गलत मनसाय भएका व्यक्ति/कर्मचारीहरुले सुरक्षा पोष्टको बाटो प्रयोग नगरी अन्य बाटो प्रयोग गरी बिना चेकजाँच प्रवेश गर्ने गरेको सम्बन्धमा सो संरचनालाई पुनर्निमाण गरी पार्किङ स्थल छुट्टै बनाई कर्मचारीहरुलाई सिधै प्रहरी पोष्टतर्फ आउने गरी फलामे बार निर्माण गर्नको लागि त्रि.अ.वि.ना.उ.का.मा पत्राचार गरिएकोमा सो को पुनर्निर्माण कार्य प्रारम्भ भएको । 
  • धेरैजसो ह्‍याण्ड सेटहरु बिग्रेको, प्रायजसो ब्याट्रीहरु  बिग्री प्रयोग गर्न नसकिने अवस्थामा रहेको, हालै मात्र थप १० स्थानहरुमा सुरक्षा ड्यूटी पोष्टहरु थप गरिएको साथै यस विमानस्थलमा खटिएका नेपाल प्रहरीका विशिष्टिकृत ईकाईहरु (ट्राफिक, कार्यदल, केनाईन) लाई समेत सेट उपलब्ध गराउनु पर्दा मौजुदा संचार सेटहरु अपुग भई दैनिक काम कारबाहीमा बाधा पर्न गएकोले थप ह्‍याण्ड सेट थान-३०(तीस), बेस सेट थान-१(एक) र ब्याट्री थान-१००(एक सय) त्रि.अ.वि.ना.उ.का.सँग माग गरिएको ।
  • अन्तर्राष्ट्रिय आगमनमा खटिएका पासवाहक कर्मचारी/ आगन्तुकलाई एप्रोन हुँदै प्रस्थान क्षेत्रतर्फ जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको सोको लागि थप प्रहरी कर्मचारी खटाइएको ।
  • विमानस्थलको आयल निगम गेटमा Pass Reader Machine, X-ray Machine तथा Vehicle Search Scanner जडानको लागि त्रि.अ.वि.ना.उ.का.लाई पत्राचार गरिएको ।
  • विमानस्थलको फलामे गेटमा खाना, नास्ता तथा फोहोरको Screening गर्नको लागि X-ray Machine जडानको लागि त्रि.अ.वि.ना.उ.का.लाई पत्राचार गरिएको ।

 

  1. ड्यूटीमा मोबाईल फोनको प्रयोग गर्न निषेध:

प्रहरी कर्मचारीहरुलाई ड्यूटीको समयमा अति आवश्यक बाहेक अन्य अवस्थामा मोबाईल फोनको प्रयोग गर्न निषेध गरिएको ।

  • आचरण अनुशासनमा सुधार:
  • ‍विभिन्न अनुशिक्षण तालिम कार्यक्रम एवं रोलकल मार्फत यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ.भिम प्रसाद ढकाल ज्यू, प्र.उ.हिमालय कुमार श्रेष्ठ, फिल्ड अधिकृत (प्र.ना.उ.), प्रहरी निरीक्षक, सु.मे., ह.मे., ड्यूटी अधिकृत कक्षबाट यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुशासित, लगनसिल, पेशाप्रति समर्पित हुन प्रेरित गरिएको र निजहरुले विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारीलाई उच्च मनोवलका साथ सम्पादन गर्दे आएको ।
  • सभ्य, शिष्‍ट, नम्र व्यवहार गरी साथै यात्रुमैत्री सेवा प्रदान गरी हवाई यात्रुहरुको यात्रा सुरक्षित एवं भरपर्दो बनाई सुरक्षा प्रदान गर्दै आएको ।
  • प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट एवं सरसफाईलाई मध्यनजर गरी समय-समयमा निरीक्षण गर्ने गरिएको ।
  • सम्पूर्ण कार्यरत जु.प्र.अ., प्र.ह., प्र.ज.हरुको सि.प्र.अ.बाट र प्र.ना.उ., प्र.नि.को प्र.व.उ./प्र.उ.बाट निजहरुको कार्यसम्पादन लगायतका विषयहरुमा दैनिक मूल्याङ्न गरी उत्कृष्ट र न्यून कार्यसम्पादन स्तरहरुको अभिलेखिकरण गर्ने कार्यको प्रारम्भ गरिएको ।
  • तत्काल पुरस्कार तथा सजायको अवधारणालाई अबलम्बन गरी सो अवधि भित्र ३४ जनालाई पुरस्कृत गरिएको साथै जना प्र.क.हरुलाई कारवाही गरिएको ।

  • सचेतना मुलक अनुशिक्षण कार्यक्रम:
  • मिति २०७८/१०/२१ गते पछिल्लो समय यस कार्यालयमा हजिर हुन आएका प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित विमानस्थल सुरक्षा सम्बन्धि ३ दिवसिय अनुशिक्षण कार्यक्रम संचालन गरिएको ।
  • मिति २०७८/१२/१२ गतेबाट चेतना अभिबृद्धी गर्ने अभिप्रायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमतिपत्र (पास) व्यवस्थापन कार्यविधि, २०७२ बमोजिम यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ७ दिवसिय निषेधित क्षेत्र प्रवेश अनुमतिपत्र (पास) तथा हवाई सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट वितरित विमानस्थल निषेधित क्षेत्र प्रवेश पासको गलत प्रयोग (दुरुपयोग) हुन नदिन यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निषेधित क्षेत्र प्रवेश पासको एरियाको पहिचान लगायत चुस्त दुरुस्त रुपमा प्रवेश पासको चेकजाँच गर्ने गराउने उद्धेश्यका साथमिति २०७८/१२/१४ गतेबाट ७ दिवसिय “प्रवेश पास चेकिङ्ग परेड” अनुशिक्षण तालिम संचालन गरिएको ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाल्नु हुने सेवाग्राही (यात्रु) हरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गर्नुका साथै यात्रुमैत्री सेवा प्रदान गर्न स्मार्ट प्रहरीको रुपमा कार्य गरी आम जनसमुदायमा प्रहरीको छवि उच्च राख्ने हेतुले यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई मिति २०७८/१२/२२ गतेबाट ३ (तीन) कार्यदिन अवधिको “यात्रुमैत्री प्रहरी व्यवहार” अनुशिक्षण तालिम संचालन गरिएको । 
  • मिति २०७९/०१/३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सुरक्षार्थ यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई मिति २०७९/०१/१७ र १८ मा २ दिवसीय “निर्वाचन सुरक्षा अनुशिक्षण” तालिम संचालन गरी प्रशिक्षण प्रदान गरिएको ।

  • पक्राउ/ बरामद (सुन, मुद्रा, विद्युतिय सामाग्री, अन्य):
  1. सुन बरामद सम्बन्धि:
सि.नं. पक्राउ मिति पक्राउ परेको ब्यक्ति नागरिक सुन(ग्राममा) प्रतिग्राम अं. मूल्य अन्दाजी मूल्यरु.
०७८/१०/१९ नबराजपरियार नेपाली 50.00 7904.50 395225.00
०७८/१०/१९ सुनिलकुमार साह नेपाली 50.00 7904.50 395225.00
०७८/१०/१९ दावाछिरिङ शेर्पा नेपाली 1055.00 7904.50 8339247.50
०७८/१०/२३ पदमबहादुर अधिकारी नेपाली 58.00 7930.50 459969.00
०७८/१०/२३ समिररसाइली नेपाली 58.00 7930.50 459969.00
०७८/१०/२३ मानसिंह विश्वBकर्मा नेपाली 58.00 7930.50 459969.00
०७८/१०/२९ ZHANG LI नेपाली 4840.00 8059.00 39005560.00
०७८/११/०३ अर्जुनराई नेपाली 70.00 8290.50 580335.00
०७८/११/०३ भुपेन्द्रबिष्ट नेपाली 70.00 8290.50 580335.00
१० ०७८/११/०४ महेनद्रकुमार ठाकुर नेपाली 75.00 8290.50 621787.50
११ ०७८/११/०९ MOHAMMAD TOFIQUEULLAH बंगलादेशी 936.00 8247.50 7719660.00
१२ ०७८/११/१३ कमलघिमिरे नेपाली 1165.00 8487.50 9887937.50
१३ ०७८/११/१५ एम.डि.सौकातअली नेपाली 94.40 8414.00 794281.60
१४ ०७८/१२/०६ SHUBAMMEHRA भारतीय 1268.00 8556.50 10849642.00
१५ ०७८/१२/२६ सुकुराम लामा नेपाली 99.96 8535.50 853208.58
१६ ०७८/१२/२६ पेम्बाथोक्रा नेपाली 99.96 8535.50 853208.58
१७ ०७८/१२/२६ बुद्धिमानतामाङ नेपाली 99.96 8535.50 853208.58
१८ ०७९/०१/०५ भागदेवकठरिया नेपाली 40.00 8745.00 349800.00
१९ ०७९/०१/०६ हेमराज न्यौपाने नेपाली 45.00 8788.00 395460.00
२० ०७९/०१/०६ राजेन्द्र अधिकारी नेपाली 45.00 8788.00 395460.00
२१ ०७९/०१/११ खिमराजडाँगी नेपाली 25.00 8650.50 216262.50
२२ ०७९/०१/११ प्रताप चौधरी नेपाली 25.00 8650.50 216262.50
२३ ०७९/०१/११ सुमन कुमार कापर नेपाली 50.00 8650.50 432525.00
२४ ०७९/०१/१५ भिमकुमार माबो नेपाली  1166.00 8402.00 9796732.00
२५ ०७९/०१/१५ सुमन तामाङ नेपाली  1166.00 8402.00 9796732.00
जम्मा मानिस सुन(ग्राममा) मूल्य रु.
२५ 12709.28 104708002.84

  • अबैध मुद्रा बरामद सम्बन्धी:
सि.न. पक्राउ मिति ब्यक्तिको नामथर नागरिक मुद्रा जम्मा Buying/Rs. जम्मा ने.रु.
०७८/१०/०९ ESAACK KHAN EBRAHIM KHAN भारतीय USD 15001 120.38 1805820.38
Saudi Riyal 610 31.4 19154
Omani Rial 36 317.34 11424.24
UAE Dirham 920 32.5 29900
IC 2000 1.6 3200
०७८/१०/११ HAFIZ ATTIQUE- UR – REHMAN पाकिस्तानी Saudi Riyal 47150 31.4 1480510
UAE Dirham 400 32.5 13000
Omani Rial 5 317.34 1586.7
IC 100 1.6 160
०७८/११/२० SATISH PARSHOTTAMSAJNANI भारतीय USD 20150 119.71 2412156.5
नेपाली 31600 1 31600
UK Pound 5 162.94 814.7
GergianLari 50 40.24 2012
IC 100 1.6 160
UAE Dirham 1355 32.59 44159.45
०७८/११/११ AARISH भारतीय Malaysian Ringgit 38900 29.15 1133935
०७८/११/१७ रेस्म राज भट्टराई नेपाली Japanese Yen 1590000 1.05 1669500
०७८/११/२६ WANWISAJANTASAN थाई IC 179500 1.6 287200
०७८/११/२६ WARAPORNKHUNSOMBAT थाई IC 115000 1.6 184000
०७८/१२/०४ सहनशीला बज्रचार्य साक्य नेपाली Euro 7700 133.77 1030029
CAD 1900 95.94 182286
Omani Rial 33 316.37 10440.21
Saudi Riyal 13000 32.25 419250
०७८/१२/०५ रन्जिता श्रेष्‍ठ नेपाली AUD 19600 89.27 1749692
USD 42 120.98 5081.16
१० ०७८/१२/१९ AKSHYA GANDHI भारतीय IC 100000 1.6 160000
११ ०७८/१२/२९ KANHAIYA LAL भारतीय IC 108500 1.6 173600
नेपाली 654000 1 654000
१२ ०७९/०१/१० वेवारिसे USD 10800 120.98 1306584
जम्मा मानिस पक्राउ Saudi Riyal UAE Dirham नेपाली UK Pound IC Omani Rial
११ 60760.00 2675.00 685600.00 5.00 505200.00 74.00
GeorgianLari Malaysian Ringgit Japanese Yen Euro CAD AUD USD
50.00 38900.00 1590000.00 7700.00 1900.00 19600.00 45993.00

 

  • लागू औषध सम्बन्धी:

नेपाललाई ट्रान्जिट बनाएर लागू औषध ओसार पसार हुने गरेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो र विमानस्थल प्रहरीको संयुक्त सहकार्यमा मिति २०७९/०१/०३ गते अन्दाजी ०९:४२ बजे Qatar Airway को Flight No QR652 द्वारा South Africa को Johannesburg बाट दोहा हुँदै काठमाण्डौं आगमन भएकी Zambian नागरिक राहदानी नम्बर ZN840131 वाहक वर्ष ३५ की KAPUTULA ABISHARG लाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ब्यूरो पठाइएकोमा निजले लिई आएको सुटकेश भित्र फल्स बटम बनाई लुकाई ल्याएको सेतो हिरोइन अन्दाजी ७ के.जी. (अन्दाजी अबैध बजार मूल्य रु.१४,००,००,०००।-) फेला परेको।  

 

  • समन्वय र सहकार्य:
  • विमानस्थलको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी एवं भरपर्दो बनाउन यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुबीच महिनाको २ पटक बैक बसी आवश्यक छलफल गर्ने गरिएको ।
  • प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज, रवाना बिदा सम्बन्धि गुनासोलाई सम्भव भएसम्म कार्यालयबाटै सम्बन्धोन गर्दै आएको र श्रीमान- श्रीमती एकै स्थानमा बस्न वा अन्य कार्यालयमा काज जान अति आवश्यक रहेका प्रहरी कर्मचारीहरुको हकमा तालुक कार्यालयसँग समन्वय गरी गुनासोको सम्बोधन गर्दै आएको ।
  • महिला प्रहरी कर्मचारीहरुको पीरमर्काको सुनुवाईको लागि मासिक रुपमा १ पटक महिला प्रहरी कर्चारीहरुसँग आवश्यक छलफल एवं अन्तरक्रिया गरी गुनासोको सुनुवाई गर्दै आएको ।
  • विमानस्थल भित्र कार्यरत नेपाल प्रहरीको विशिष्टिकृत विशेष व्यूरो, कार्यदल, केनाइन महाशाखा, अपराध महाशाखा, ट्राफिक, पर्यटक प्रहरीसँग भरपर्दो सुरक्षा लगायतको विषयमा महिनाको १ पटक छलफल गर्ने गरिएको ।
  • त्रि.अ.वि.मा आवद्ध सुरक्षा निकायहरु नेपाली सेना, सशस्‍त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसँग सुरक्षा लगायत विभिन्न विषयमा मासिक रुपमा बैठक बसी आवश्यक छलफल गर्ने गरिएको ।
  • त्रि.अ.वि.मा आवद्ध अध्यागमन कार्यालय, भन्सार कार्यालय, हवाई सुरक्षा महाशाखा, टर्मिनल ड्यूटी अधिकृत, वायुसेवा कम्पनी, नेपाल वावुसेवा निगम ग्राउण्ड ह्‍याण्डलिङ, नर्भिक अस्पताल, Health Desk सँग समय- समयमा आवश्यकता अनुसार यात्रालाई भरपर्दो र सुरक्षित बनाउन बैठक बस्ने गरेको ।
  • मिति २०७९/०१/२१ गते एक अपरिचित पुरुष व्यक्तिले २ पटक अन्दाजी ०९:५० र ०९:५१ बजे क्रमश: 61410334257 र 14433187021 नम्बरबाट विमानस्थलको एक्सचेन्ज टेलिफोनमा ‘Bomb Threat Call’ गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र ७ स्थानमा बम राखिएको छ । सो बम २ घण्टा भित्र विष्फोट हुँदैछ भनी खबर आएको टेलिफोन अपरेटर नारायणी दावाडीले यस कार्यालयमा जानकारी गराए पश्‍चात तत्कालै तालिम प्राप्त कुकुर सहित विमानस्थल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायहरुको संयुक्त सहकार्यमा आन्तरिक टर्मिनल भवनभित्र रहेका यात्रुहरुलाई सुरक्षित स्थान तर्फ स्थान्तरण गराई बम डिस्पोजल टोली, तालिम प्राप्त कुकुरहरुद्वारा आन्तरिक र अन्तर्राष्ट्रिय उडान तर्फको सम्पूण एरियाको सर्च गर्दा/गराउँदा कुनैपनी शंकास्पद वस्तु फेला नपरेको र सो ‘Bomb Threat Call’ सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।