Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सरकारमा सहभागी भएको सय दिनमै सत्ता गठबन्धनका मुख्य दलहरू नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारप्रति नै असन्तुष्टि पोखेका छन् । सरकारको सबैभन्दा ठुलो दल एमालेका अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८१.८२ को बजेट विनियोजनलाई लिएर असहमति पोखे ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउन सरकारमा गएको, त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने भनेर असन्तुष्टी पोखेका थिए । एमालेले नै चलाइरहेका मन्त्रालयहरूमा विनियोजन भएका बजेटसमेत चित्तबुझ्दो नभएको भन्दै उनले यस विषयमा खुलेर छलफल गर्न सांसदलाई निर्देशन दिए ।
यसअघि उनले सत्ता सहयात्री दलहरूसँग छलफल नहुँदा बजेट अर्थमन्त्रीको हो कि उनको पार्टीको हो भन्ने टिप्पणी गरेका थिए ।
संयोग नै मान्नुपर्छ, सरकारको अर्को घटक रास्वपाका मन्त्रीहरूले सोही दिन सरकारको कामप्रति तीव्र असन्तुष्टि पोखे । केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरानै कर्मकाण्डी ढङ्गले अगाडि बढिरहेको बताएका थिए । अनावश्यक र अनधिकृत रूपले सरकारमा सम्झौता गर्नुपरे जुनसुकै बेला समर्थन फिर्ता लिनसक्ने उनको चेतावनी थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल