Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो । हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोबल घट्ने उनको भनाइ छ । चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए । उनले यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उनले आग्रह गरे ।