Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विविधता र समर्पणको आवाज

  • रुद्र शेखर शर्मा, गायक

गायनको क्षेत्रमा एउटा छुट्टै वजनदार आवाज भएका ब्यक्ति हुन् गायक रुद्र शेखर शर्मा । सानै उमेरमा गीत गायनमा पारङ्गत उनिले नेपाली, हिन्दी, अंग्रेजी लगायतका भाषाहरूमा गीत गाएका छन् । उनि झापामा जन्मिएका हुन् । झापाबाट परिवारसँगै काठमाण्डौ बसाई सरेका शर्मा सानै उमेरदेखि नेपाली गीत संगीतका पारखी थिए । र, त सानै उमेरदेखि उनी गायन क्षेत्रमा क्रियाशिल रहँदै आएका हुन् । स्कुलमा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरू, बाल क्लबका कार्यक्रमहरू, चाडपर्वहरूदेखि स्थानीय मेला–महोत्सव लगायतका स–साना अवसरले उनलाई ठूलो गायक बन्ने सपना देखायो । बिगत लामो समयदेखि नेपाली गीत–संगीतमा आफ्नो विशिष्ट स्थान बनाएका शर्मा गजल, आधुनिक, पप, लोक लगायतका विभिन्न जनाराका गीतहरू गाउँदै आएका छन् । श्रुती संगीत बिद्यालय र परिवर्तन नेपालबाट संगीतको औपचारिक ज्ञान लिएका शर्माले यस अवधिमा दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर प्रदान गरेका छन् । नेपाली साङ्गीतिक वृत्तमा रुढी तथा रूपम नामले पनि चिनिने शर्माको पहिलो साङ्गीतिक एल्बम हो रूपम् । पाँच वटा गीत समावेश भएको रूपम एल्बम्मा समावेश भएको दुख्दिन म बोलको गजल गायनबाट उनी नेपाली साङ्गीतिक दुनियाँमा आफुलाई समाहित गराउन सफल भए । उक्त गजललाई विपिन किरण पौडेलले लेखेका हुन् भने नारायण सुवेदी आभाष ले सङ्गीत गरेका हुन् । र सोही गजलबाट उनले छैठौं रापती म्यूजिक अवार्डबाट सर्वोत्कृष्ट नव गायकको अवार्ड पनि जित्न सफल भएका थिए । कोभिड–१९ को महामारीले सबै क्षेत्र प्रभावित पारिरहेको बेला पनि गायक शर्माले गीतमार्फत सेवा भाव प्रकट गरे थिए । स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्दै देवदूत हौ तिमी बोलको गीतले महामारीको बेलामा जनताका सेवामा खटेका डक्टर तथा नर्स तथा सेवा प्रदायकहरूलाई हिम्मत जगाउन सफल भएको थियो, उनको यस कार्यलाई थुपैै मानिसहरूले तारिफ समेत गरेका थिए । कोभिड महामारीकै विचमा उनले शितल ताप्नु, बर्षौ बित्यो घाम छायाँमा, कहिले हाँसोमा जस्ता भावनात्मक गीतहरू पनि रेकर्ड गराएका थिए । हाल शर्मा कर्म र अध्ययनको शिलशिलामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा नै रहँदा पनि शर्माले चलचित्र तथा सिंगल ट्रयाकमा विभिन्न गीतहरू रेकर्ड गराउँदै आएका छन् । उनले प्रर्दशोन्मुख चलचित्र ‘मृत्युकोष’ को शिर्ष गीत बेवारिसे हुनु पर्ने लासै हुँदा पनि बोलको गीतमा समेत आफ्नु स्वर दिएका छन् । डा. कृष्णहरि बरालको शब्द रचना रहेको उक्त गीतको संगीतकार सन्तोष श्रेष्ठ हुन् । श्रेष्ठकै संगीत तथा गजलकार गीता सापकोटा होमागाईको शब्दमा तैयार भएको गजल किन मा पनि गायक शर्माले आफ्नो जादुमय स्वर प्रदान गरेका छन् । उक्त गजलबाट गायक शर्माले सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२४ मा सर्वोत्कृष्ट गजल गायकको उपाधि समेत जित्न सफल भएका थिए ।
त्यसै गरी गीतकार जी.पी. शर्माको शब्द र चर्चित संगीतकार दिपक शर्माको संगीतमा तैयार भएको लोकपप जनराको के होला भोली बोलको गीतलाई गायक रुद्र शेखर शर्मा र गायिका बेनिषा पौडेलले गाएका थिए, फरक प्रस्तुती र स्वादका कारण गीतलाई मानिसहरूले निक्कै मन पराएका थिए । भष्र्टायल गायक शर्मालाई यसै गीतले पाँचौ जिनियस म्यूजिक अवार्ड र क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा सर्वोत्कृष्ट गायकको अवार्ड समेत दिलाएको थियो । साथै उनले हालसालै चर्चित संगीतकार अजुर्न पोखरेल र गीतकार शशि शर्मा मजगैंयाको शब्द रहेको नयाँ गीत के छ ओई सान्नानी सार्वजानिक गरेका छन् । यसका साथै गायक शर्माले बलिउडका चर्चित गायक सोनु निगमसंग पनि गीत गाउने अवसर पाएका थिए, गायक सोनु निगम, यजद गर्गसँगै रुद्र शेखर शर्माकोे जुगलबन्दी रहेको हिन्दी भाषाको गीत जिना अभी बाँकी है ले उनलाई विश्वभरिका दर्शक तथा श्रोताहरूमाझ पुग्न मद्धत गरेको थियो । त्यसको अलवा शर्माले दिल चल दिया बोलको अर्को हिन्दी गीत पनि गाएका छन् । गायक शर्मा गजल, आधुनिक, पप, लोकपपजस्ता विभिन्न शैलीका गीतहरू गाउन दक्षता राख्दछन् । उनले धेरैजसो गीतहरूमा लोकप्रिय संगीतकारहरूसंग सहकार्य गर्दै आएका छन् र केही हिन्दी, अंग्रजी र नेपाली गीतहरू पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा छन् । उनको पछिल्लो अंग्रेजी गीत हो टेक मी ब्याक । जोए आर. को शब्द संगीत रहेको उक्त गीतलाई आरएसएस प्रोडक्सन युटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ । गायक शर्माका दुख्दिन म, देवदूत हौ तिमी, किन, जिना अभी बाँकी है (हिन्दी), दिल चल दिया (हिन्दी), के छ ओई सान्नानी, के होला भोली लगायतका गीतहरू चर्चामा रहेका गीतहरू हुन् । उनको जादुमय स्वरले भविश्यमा आम मानिसहरूलाई अझै मन्त्र मुग्ध बनाउँदै लैजाने छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल