Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विशेष महाधिवेशन माग गर्ने २९ जनाले हस्ताक्षर फिर्ता गरेको स्वीकार

काठमाडौं । विशेष महाधिवेशन माग गर्ने २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दाबी गरेका छन्। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितसँगको छलफलमा शर्माले विशेष महाधिवेशन माग गर्ने र पछि फिर्ता गर्ने २९ जना मात्रै रहेको जानकारी गराएका हुन्। यसअघि शेरबहादुर देउवा पक्षले भने ८८५ जनाले हस्ताक्षर फिर्ता गरिसकेको दाबी निर्वाचन आयोगमै पेश गरेको थियो। यसको जवाफमा विश्वप्रकाशले भने, कसैले हस्ताक्षर फिर्ता गर्नुभयो भने त्यसलाई अन्यथा मान्न हुँदैन। तर यसलाई विधिकासाथ बुझ्नुपर्छ। माघ ६ गते प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता छ। त्यसका लागि फिर्ताको एउटा मिति तोकिएको छ। तर फागुनको १५ गते आएर कसैले मेरो उम्मेदवारी फिर्ता भन्यो भने फिर्ता हुँदैन। उनले दर्ता गर्ने र फिर्ता गर्ने म्याद हुने उल्लेख गरे। हाम्रो विशेष महाधिवेशनको समयअवधिभित्र फिर्ता गरेको संख्या २९ जना हो, उनले भने। विशेष महाधिवेशन माग गरेको ९० दिनभित्रमा कसैले फिर्ता गरेको भए त्यसलाई फिर्ता मान्न सकिने, तर गाउँ फर्किसकेपछि फिर्ता भनेकालाई त्यसलाई मान्न नमिल्ने र दाबी खारेज हुने शर्माको तर्क छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल