Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा भएको झडप र हिंसात्मक घटनाबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफाले औपचारिक अनुसन्धान थालेको छ। स्पेनले अर्जेन्टिनालाई हराउँदै विश्वकप उपाधि जितेपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
सार्वजनिक भिडियोहरूमा अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले स्पेनका खेलाडी डानी ओल्मोलाई मुक्का प्रहार गरेको देखिन्छ। त्यस्तै, मिडफिल्डर लिआन्द्रो पारेडेसले स्पेनका एरिक गार्सिया र गाभीमाथि हातपात गरेको तथा डिफेन्डर नाहुएल मोलिनाले रोड्रीमाथि लात हान्ने प्रयास गरेको दृश्य पनि देखिएको छ।
यसैबीच, अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले आफ्ना पूर्व सहकर्मी रोड्री र एमेरिक लापोर्तेमाथि खेलअघि रेफ्रीलाई प्रभाव पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले पाउ कुबार्सीमाथि गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। खेलपछि उनले आफ्ना समर्थकसँग सार्वजनिक रूपमा माफी मागेका थिए।
खेलपछि लिआन्द्रो पारेडेसलाई रातो कार्ड दिइएको चर्चा चले पनि फिफाले तत्काल कुनै अतिरिक्त कारबाही नगरिएको स्पष्ट पारेको छ। यद्यपि अनुसन्धानको निष्कर्षका आधारमा उनीसहित अन्य संलग्न व्यक्तिमाथि कडा प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको बताइएको छ।
मैदानमा भएको झडप रोक्न अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी आफैँ हस्तक्षेप गर्न मैदानमा उत्रिएका थिए। तर खेलपछिको पत्रकार सम्मेलनमा उनले आफ्ना खेलाडीहरूको बचाउ गर्दै उनीहरूले उच्च प्रतिस्पर्धात्मक भावनाका साथ खेलेको बताएका थिए।
उपाधि वितरण समारोहका क्रममा केही अर्जेन्टिनी खेलाडीहरूले ट्रफी मञ्चतर्फ पिठ्युँ फर्काएको दृश्य पनि देखिएको थियो। यसअघि इंग्ल्यान्डविरुद्धको सेमिफाइनल जितपछि पनि अर्जेन्टिनी खेलाडीहरूको व्यवहार विवादमा परेको थियो।
स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिक तथा खेल अधिकारीहरूले बुझाएको प्रतिवेदनका आधारमा फिफाले घटनामा संलग्न सबै पक्षको भूमिका अध्ययन गरिरहेको जनाएको छ।
अनुसन्धानपछि अर्जेन्टिनी फुटबल संघमाथि ठूलो आर्थिक जरिवाना र संलग्न खेलाडी तथा अधिकारीहरूमाथि लामो अवधिको प्रतिबन्ध लगाइने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। फिफाले भने अन्तिम निर्णय अनुसन्धान सम्पन्न भएपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।
२०८३ श्रावण ५
ताजा नेपाल
२०८३ श्रावण ५
ताजा नेपाल
२०८३ श्रावण ५
ताजा नेपाल