Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्क अब भौतिक सम्पत्तिबिहिन बनेका छन्। अर्थात् मस्कसँग अब न कुनै घर छ, न एक चिम्टी माटो नै
विद्युतीय सवारी उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्रमा महत्वाकांक्षी काम गर्दै आएको कम्पनी स्पेस एक्सका संस्थापक मस्कले गतवर्ष नै आफूलाई सम्पूर्ण भौतिक सम्पत्तिबाट मुक्त गर्ने घोषणा गरेका थिए। भौतिक सम्पत्तिले ठुला लक्ष्यबाट आफूलाई विचलित गर्ने भन्दै यसबाट छुटकारा चाहेको उनले बताएका थिए।
मस्कले उनको नाममा बाँकी रहेको सिलिकन भ्याली क्यालिफोर्नियास्थित अन्तिम हवेली पनि बिक्री गरेका छन्। त्यससँगै उनले सो घरबारे उल्लेख गर्दै लेखेका छन् त्यो कुनै ठूलो परिवारका लागि ठिक थियो जुन अब त्यहाँ बस्न जाँदैछन्। यो ठाउँ विशेष छ।
मार्समा स्पेस एक्स पुर्याउनेजस्ता ठुला लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सन् २०२० मा उनले आफ्ना सम्पूर्ण घरजग्गा लगायतबाट छुटकारा लिएर चाहेको बताएका थिए। सोही क्रममा यसै वर्षको मध्यतिर उनले १० बेडरुमको १४८६ वर्गमिटरको एउटा बङ्ग्लोबाहेक अरु सबै सम्पत्तिहरु बेचिसकेको सार्वजनिक गरेका थिए। बाँकी सोही एउटा प्रोपर्टी पनि अहिले उनले ३ करोड डलरमा बिक्री गरेका हुन्।
गत जुनमा नै उनले यो प्रोपर्टी तीन करोड ७५ लाख डलरमा बिक्रीमा रहेको भनेर ट्वीट गरेका थिए। त्यतिबेला बिक्री नभएपछि उनले पुनः गत अक्टोबरमा करिब तीन करोड २० लाख डलरमा रिलिस्टिङ गरेका थिए, जुन घरजग्गा बिक्रीका लागि गरिने मल्टिपल लिस्टिङ सिस्टममा अहिलेसम्मकै रेकर्ड भएको जनाइएको थियो। त्यसमा करिब २० लाख डलर कममा बिक्री भएको हो।
गिग्नीकोर्ट नामले चिनिएको ४७ एकरमा रहेको मस्कको उक्त घर ऐतिहासिक भवन हो, जसको निर्माण सन् १९१२ मा भएको थियो।
उक्त घर बिक्रीपछि मस्क अहिले स्पेस एक्सले सुविधास्वरुप उपलब्ध गराएको टेक्सासस्थित घरमा बस्दै छन्। अहिले मेरो मुख्य घर वास्तवमै ५० हजार डलरभन्दा बढी मूल्यको छैन, जुन मैले स्पेस एक्सबाट बहालमा पाएको छु, अर्बपतिले भनेका छन्।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल