Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वभर कोरोनाका कारण २७ हजार ३ सयले ज्यान गुमाए

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ ।
अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९८ पुगेको छ । अमेरिकामा १८ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १ हजार ६ सय ९३ पुगेको छ । जसमा ३ सय ९८ नयाँ मृत्यु हुन् ।
इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो । कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।
युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन ।


सम्बन्धित समाचार