Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैकल्पिक शक्ति निर्माण गर्न घनिभूत छलफल

काठमाडौं । वैकल्पिक शक्ति एकजुट भएर चुनावमा गएको हेर्ने जनताको चाहना रहेको छ । वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन, कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ शाह कुपेण्डोलस्थित कुमार बनेको घरमा भेला हुँदैछन् । वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै पुगेका छन् । सुदन गुरुङ भने यसअघि नै पुगिसकेका छन् । रास्वपा सभापति लामिछानेसँग असिम शाह, गणेश कार्की पनि छन् । यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् । यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए । बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् । आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।


सम्बन्धित समाचार