Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। स्रोतका अनुसार भट्टको पासपोर्ट आइतबार नै रोक्का गरिएको हो। विवादास्पद व्यवसायी भट्ट इन्फिनिटी होल्डिङस्का प्रमुख हुन्। नेता तथा कर्मचारीहरूलाई साथमा लिएर ठूला परियोजना हातमा लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो। पासपोर्ट रोक्का भएसँगै भट्टले विदेश भ्रमणमा जान अब सरकारसँग अनुमति लिनु पर्ने हुन्छ। नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिएको छ। पूर्वमन्त्री दीपक खड्कासमेत हिजो सोमबार सम्पत्ति शुद्धीकरणकै कसुरमा पक्राउ परेका छन्। र्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल