Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । परनिर्भरता बढ्दै गएपछि अरुकै भरमा बाँच्नुको विकल्प हुँदैन । मूल्य अभिवृद्धि कर भ्याट विवादले व्यवसायीले गत मंसिर १९ देखि प्याज आयात र बिक्री गरेनन् । व्यवसायीले आयात नगर्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ६ दिन प्याजको बिक्री मूल्य तोकेन । भ्याटबारे प्रस्ट्याउँदै आन्तरिक राजस्व विभागले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा भ्याट नलाग्ने जनायो । त्यही बेला भारतले मंसिर २२ देखि लागू हुने गरी प्याज निर्यातमा बन्देज लगाउने निर्णय गर्यो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार निर्देशनालयले सन् २०२४ मार्च ३१ सम्मका लागि प्याज निर्यात बन्देज गर्ने निर्णय गरेको छ । व्यवसायीको हडताल र भारतको निर्यात बन्देजले आम उपभोक्तालाई प्रत्यक्ष मार परेको छ । बजारमा प्याजको मूल्य अचाक्ली बढेको छ । व्यवसायीले स्टककै प्याजमा मूल्य बढाएपछि सर्वसाधारण महँगोमा किन्न बाध्य छन् । साताअघि खुद्रा मूल्य किलोको एक सय रुपैयाँसम्ममा प्याज खरिद गरेका सर्वसाधारणले अहिले दुई सय रुपैयाँभन्दा बढी तिर्नुपरेको छ । आपूर्ति व्यवस्था सहज र कालोबजारी, मूल्य नियन्त्रण गर्ने दायित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । उत्पादनको विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेर्छ । तर उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन यी निकाय विफल छन् । बजारमा भइरहेको मूल्यवद्धिले सरकार विफल देखाएको तिमिल्सिनाको भनाइ छ । ‘अप्ठ्यारो अवस्थामा व्यापारीले बढी मूल्य लिन खोज्नु विगतकै रोग हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि मूल्य अचाक्ली बढेको देखाउँछ । समितिले मंसिर १८ मा प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९५ देखि १ सय रुपैयाँ तोक्यो । त्यसपछि ६ दिन मूल्य तोकिएन । मंसिर २५ मा न्यूनतम १ सय ४० र अधिकतम १ सय ४२ रुपैयाँ तोकियो । मंसिर २८ सम्म आइपुग्दा न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ र अधिकतम १ सय ५० रुपैयाँ तोकियो । समितिकै आगमन विवरण हेर्दा प्याज केही परिमाणमा भित्रिएकै छ । मंसिर २४ मा ३४ टन, २५ मा ३७ टन, २६ मा ७५ टन र २७ मा २० टन प्याज कालीमाटी बजारमा भित्रिएको छ । तर पनि बजारमा अचाक्ली महँगो भएको छ । व्यवसायीले स्टक राखेको र बाटोमा आउने क्रममा रहेको प्याज भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जनाए । अनौपचारिक माध्यमबाट ल्याउन सकिने पनि उनको भनाइ छ । भारतले निर्यात बन्देज लगाएपछि सीमाबाट कुनै माध्यमबाट थोरै–थोरै परिमाणमा प्याज आइरहेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जनाए । भारतले प्याज निर्यात बन्द गर्दै गर्दा अन्य मुलुकका सरकारले आग्रह गरे निर्यात अनुमति दिन सक्ने भारतको विदेश व्यापार निर्देशनालयको सूचनामा उल्लेख छ । नेपालले पहल गरे भारत केही लचिलो हुन सक्ने व्यवसायी र समितिका अधिकारी बताउँछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भारतले निर्वाचनलाई दृष्टिगत गरी प्याज निर्यात बन्द गरेको जनाए । महाराष्ट्र, राजस्थानलगायत क्षेत्रमा प्याजको उत्पादन घटेको छ । भारतले आफ्नो माग पूर्ति गर्न १० लाख टन प्याज अफ्रिकाबाट मगाएको अवस्थामा नेपाललाई सहजै दिन नमान्ने मन्त्रालयको बुझाइ छ ।
‘भारतले चामलमा निर्यात बन्देज लगाएपछि नेपालका लागि खुला गरिदिन आग्रह गरेका थियौं, तर खोलेन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल