Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
शेखरनिकट एक नेताको भनाइमा १३ औं महाधिवेशनमै उनले महामन्त्रीमा उम्मेवारी दिने तयारी गरेका थिए । तर बीपी पुत्र शशांकले महामन्त्रीमा उठ्छु भनेपनि आफ्नो दाबेदारी छाडे । ‘यसपटक त्यसैगरी शशांकले आफूलाई छाडेर सहयोग गरिदिउन् भन्ने उहाँको चाहना थियो’ ती नेता भन्छन् ।
शशांकले चाहिँ आफू निकटस्थहरुलाई ‘शेखर दाइले जित्न सक्नुहुन्न’ भन्ने गरेको स्रोत बताउँछ । शेखर र शशांकको बीचमा मध्यस्थ गर्न गएकाहरुलाई पनि उनले यही जवाफ दिने गरेको बताइन्छ । ‘तर हामी तपाईंहरु मिल्नुभयो भने जित्नुहुन्छ भन्थ्यौं’ शेखर निकट एक नेता भन्छन् ।
शेखरले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमध्ये सबभन्दा धेरै भोट ल्याएका थिए । ‘त्यतिवेलैबाट उहाँले सभापतिमा लड्ने गरी देश दौडाह सुरु गर्नुभएको थियो’ एक नेता भन्छन्, ‘पाँच वर्ष उहाँले यति धेरै मेहनत गर्नुभयो कि पछि हट्ने कुरै थिएन ।’
अझ महामन्त्रीको भूमिका उठेको प्रश्नले शशांकभन्दा आफू बलियो दाबेदार भएको शेखरको बुझाइ थियो । महामन्त्रीका रुपमा देउवासँग चाहिनेभन्दा धेरै निकट भएको संस्थापन इतर पक्षले आरोप लगाउने गरेको थियो । ‘शेरबहादुर देउवाबाट शशांक कुनै न कुनै रुपमा उनी प्रभावित थिए, पछिल्लो ४र५ वर्ष उहाँले देउवालाई आँखा चिम्लिएर सहयोग गर्नु भएकै हो’ एक नेता भन्छन् ।
पछिल्लो पटक शशांकले समर्थन गर्ने छनक दिएपछि शेखरले प्रयास पनि गरेका थिए । सर्लाहीमा कार्यकर्ता भेटघाटका क्रममा शशांकले प्रकाशमान र रामचन्द्र पौडेललाई मनाए आफूले छाड्ने बताएपछि शेखरले आफूलाई समर्थन गराउने प्रयास गरे । उनी निकटवर्तीहरुका अनुसार शशांक पत्रकार सम्मेलन गरेर सभापतिमा दाजु शेखरलाई समर्थन गरेको घोषणा गर्न तयार पनि भइसकेका थिए, तर उनी निकट केहीले भाँडे ।
यसको कारण शेखरलाई परिवारभित्रै स्वीकार गर्न नसक्नु पनि भएको मानिन्छ । कृष्णप्रसाद कोइरालाका पाँच छोराहरुमध्ये बीपी, मात्रिका, गिरिजा र तारणिप्रसाद राजनीतिमा सक्रिय भए । बीपी, मात्रिकासँगै गिरिजा प्रधानमन्त्री नै भए । तर केशवले राजनीति गरेनन्, घर परिवार सम्हाले ।
केशवकी पत्नी नोना कोइराला राजनीतिमै थिइन्, बीपीको निधनपछि गिरिजाप्रसादलाई उनले ठूलो आडभरोसा, साथ दिइन् । पार्टी नेतृत्वमा स्थापित गर्न भूमिका खेलिन् । तर उनकै छोरा शेखरलाई परिवारको लिगेसीसँग जोड्न कोइरालाहरुले त्यति रुचाएनन् । ‘उहाँ नोना को धेरै योगदान भएपनि पितृसत्तात्मक देशमा आमाको लिगेसी चल्दैन’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि भन्छन्, ‘योगदानको कुरा गर्ने हो भने उहाँ ८ वर्ष जेल बस्नु भएको छ, उहाँको जस्तो महिला नेपालमा कमै छन् ।’
गिरीजा पुत्री सुजाताले शेखरलाई साथ नदिनुमा अर्को पनि कारण छ, निर्वाचन क्षेत्रको समस्या । सुजाताको रुची मोरङ क्षेत्र नम्बर २ मा थियो । त्यहाँ अहिले मिनेन्द्र रिजाल छन् । शशांक निकट उनी पछिल्लो समय शेखरको टिमबाट महामन्त्री बने, त्यसको रियाक्सन पनि भएको एक नेताले सुनाए ।
परिणामतः सभापतिमा शेखर पराजित भए । तर पछिल्लो ५ वर्ष समूहको नेतृत्व गरेका रामचन्द्र पौडेलको साथ, प्रकाशमान सिंहको छुट्टै उम्मेदवार अनि, भाइ र बहिनीको असहयोगका बाबजुद शेखरले ४० प्रतिशत मत पाएका छन् । र, त्यही मतको बलमा नेताका रुपमा उदाएका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल