Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शसस्त्र बढुवाको ढोका खुल्यो

काठमाण्डौ । डिएसपी देखि डिआईजी सम्मका १०६ पद खाली दरवन्दीबाट चलेको अर्धसैनिक दल शसस्त्र प्रहरीमा एआइजी रामशरण पौडेल मानव श्रोत तथा प्रशासन विभागमा आएपछि बढुवा प्रकृया शुरु भएको छ । पौडेललाई असार ७ गते मन्त्री परिषदले सीमा तथा कार्य विभागबाट मानव श्रोतमा ल्याएको हो ।
एआईजी पुष्पराम केसीले राजनीति दौडधुप धेरै गरे । उनको आईजीपी शैलेन्द्र खनालसँग राम्रो भएन । आईजीपीलाई असफल बनाउन केसीले सगंठन कमजोर गराउने काम गरेको अन्यायमा परेकाहरुबाट पटक पटक गृहमा गुनासो नपुगेको होइन । तर त्यति बेला मन्त्री नै नालायक थिए । सशस्त्रमा तीनजना डिआईजी दरवन्दी खाली छन् मानवश्रोतका एआईजीले चासो नदिदा आईजीपीले गरुन् के ? जबकी केसी २१ दिन आईजीपी बन्छन् । बढुवाका लागि २०७५ मा एसएसपी भएका नेपाल प्रहरीमा २०५२ सालमा सइ पदमा प्रवेश गरेका कालीदाश धौवजी कुमार न्यौपाने विदुर खड्का मात्र होइनन् भेस बहादुर शाहा, प्रदिप कुमार पाल, लक्षमण बहादुर सिहं र कृष्ण राज पाठकको प्रतिस्पर्धा चर्काे छ । तर उनीहरु मध्ये कतिले तालिम लिएका छन् ? छानवीन हुदैछ । बढुवाका निम्ति तालिमको जरुरी पर्दछ । कार्यक्षमता शैक्षिक योग्यता, तालिम तथा कमाण्ड शसस्त्रको बढुवामा बलियो अस्त्र हो ।
डिआईजी बढुवा खुलेपछि ११ जना एसपीहरुको एसएसपी हुने पालो आउने छ । शसस्त्रमा बढुवा गर्नु पर्ने हल्दार वरिष्ठ हल्दार सई असईको मात्र होइन निरिक्षक डिएसपीहरुको ताँती लामै छ । संस्थागत सुधार भन्दा आफ्नै मात्र स्वार्थ हेरेको कारण पुष्पराम केसीले मानवश्रोत तथा प्रशासनबाट टाढीनु परेको चर्चा हल्चोक तिर नचलेको होइन । डिआइर्जी बढुवाको सूचनासँगै तालिम गरेका कालीदाश र कुमारको त ग्यारेण्टी भयो खड्काको के हुन्छ ? यहाँ सत्ता प्रमुख बन्छ क्षमता योग्यताको गणना नहुने चलन छ किनकी प्रमकेपि ओली र उनको समूह कुम्ल्याउन सकृय छ । शसस्त्रमा एआईजी र डिआईजीको १ वर्ष कार्यकाल थप्न २०७२ को नियमावली लागू हुँदा एआइजी केसी र पौडेलको म्याद थपियो । पहिले पनि २ डिआईजीको म्याद थप भयो । तर यस पटक भावि आईजीपीका दावेदार मानिएका डिआईजी प्रविण श्रेष्ठको म्याद थप भएन । त्यो बेला सरकारको अवस्था पनि भद्रगोल भयो । डिआईजीको तीन दरवन्दी रहेकाले वरिष्ठ एसएसपीहरु मध्येबाट २ डिआईजी हुन्छन् ।
उता एआईजी बढुवाका लागि राजु अर्याल नारायण दत पौडेल चन्द्र प्रकाश गौतम प्रतिस्पर्धी हुन् । पौडेल गण्डकी प्रदेश, गौतम प्रदेश २ र अर्याल प्रवक्ता छन् । तल्लो तहको बढुवा भद्रगोल छ । लेखाको बढुवामा अत्याचार छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल