Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शसस्त्रमा बढुवाको ओइरो

काठमाडौं । अर्थ मन्त्रालयले माग भएको दरबन्दी स्वीकृत नदिँदा सशस्त्र प्रहरीभित्र आन्तरिक समायोजनबाट आर्थिक भार थप नपर्ने गरी भएको बढुवाले अन्यायमा परेकाहरूले न्याय पाएका छन् भने एआइजी दरबन्दीको माग गरे पनि सरकारले स्वीकृति नदिँदा आन्तरिक रुपमा नेतृत्वले विभागहरूलाई सक्रिय बनाउन फेरि धेरै कसरत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । १६ वर्षसम्म निरीक्षक पदमा रहेर अवकाश हुनु पर्ने बाध्यताबाट मुक्ति लिने सशस्त्र प्रहरीको संरचनाभित्र लेखा समूहका १० निरीक्षक डिएसपी बन्ने भएका छन् । ३७ हजार ११६ दरबन्दी भएको त्यो जमातमा एक एआईजी दरबन्दी थप्नु पर्ने आवाज उठे पनि त्यसको संगठन व्यवस्थापन समितिले २ प्राविधिक डिआईजी दरबन्दी थपेर एआईजी बन्ने दौडमा लागेकाहरूलाई हिस्स बनाएको छ ।

सशस्त्रको स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवामा २ जना डिआईजी थपिने भयो । त्यहाँ डा. रुपक महर्जन र सन्दीप थापा एसएसपीबाट डिआईजी हुने भएका छन् । स्वास्थ्य समूहमा दुई एसपी २२ जना सईको दरबन्दी थपिँदा १७४ दरबन्दी कटौती भएको छ । कानुनतर्फ एसपी युवराज अर्याल एसएसपी हुनेछन् । उनीसँगैका २ जना कामु एसएसपी भएका छन् । उता लेखामा १० निरीक्षक डिएसपी हुँदा १० जना निरीक्षकको दरबन्दी थपिएको छ । यस पटक निरीक्षकबाट डिएसपी हुनेमा राजकुमार ढकाल, गणेश मल्ल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदन गिरी, तारा केसी, शोभाकान्त ढकाल, उमाकान्त जोशी लगायत छन् ।

साधारणतर्फ पनि ४४ डिएसपी र २० जना एसपी थपिएका छन् । लामो समय एउटै पदमा रहने बाध्यताको ढोका यो बेला खुलेको छ । जहाँ २१ एसपी दरबन्दी पद रिक्त थियो । जुन बेला सशस्त्रका आईजी शेलेन्द्र खनालले अवकाश लिने बेला नजिक आएको छ । सुरक्षा फौजका दुवै समूह सशस्त्र र नेपाल प्रहरीमा बढुवा खुलाउने चासो नदिने विगतप्रति धेरैको आक्रोश थियो । दरबन्दी कटौती हुँदा लेखा, संचार र कानुनसम्म परेका छन् । दरबन्दी कटौती भएका १७४ विभिन्न पदका छन् । आइजीपी शैलेन्द्र खनालले आफ्नो कार्यकाल पूरा गरी अवकाश पाउँदा २१ दिन आईजीपी हुने पुष्पराम केसी वा रामशरण पौडेलपछि भने डिआईजी राजु अर्याल र नारायणदत्त पौडेलबीचको प्रतिस्पर्धा चर्केको देखिँदैन किनकि अर्याल आइजीपी भए भने पनि पौडेलले आईजीपी पद प्राप्त गर्ने हुनाले आन्तरिक प्रतिस्पर्धा कम भएको अनुमान संगठन भित्र गर्न थालिएको छ ।

 

डिआईजी बन्न यिनको प्रतिस्पर्धा
तीन जना एआईजीको दरबन्दीमा डिआईजी बन्न २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली र रामदत्त जोशी रहेका छन् । यिनीहरूमध्येबाट तीन जना छानिए भने आगामी वैशाख १९ गते अवकाश पाउने ७ जना डिआईजीहरूको ठाउँमा २०५२ साल भदौ १९ मा निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल र २०५२ भदौ १९ मै निरीक्षक पदमा प्रवेश गरेका टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीम ढकाल डिआईजीका दाबेदार हुनेछन् । उनीहरू सबैको एसएसपी पदमा २०७५ चैत ६ गते बढुवा भएको थियो ।