Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । काम दिने, दरबन्दी नदिने सरकारको नालायकी पनको कारण आवश्यक कार्यविधि नबन्दा अलपत्र परेको सीमा पूनस्र्थापना तथा मर्मत कार्यविधि प्रचण्ड सरकारले पास गेरेपछि शसस्त्र प्रहरीले काम पाएको छ । ०७७ सालमा सरकारले शसस्त्रलाई सीमा स्तम्भ निर्माण र मर्मतको जिम्मेवारी दिए पनि कार्यविधि बनेको थिएन् । वर्तमान सरकारले कार्यविधि स्वीकृत गरेपछि भारतको सीमा सुरक्षा वल र नेपालको शसस्त्र प्रहरीको समन्वयमा सीमा सुरक्षामा चासो दिइएको हो । शसस्त्रले सीमाको गम्भीरतालाई ध्यान दिँदै विभाग खडा गरेर एआईजीलाई जिम्मेवारी दिएको छ ।
शसस्त्र सूत्रकाअनुसार भारतीय पक्षले ६५० सीमा स्तम्भ मर्मत गरेको छ । शसस्त्रले दक्षिणको मात्र होइन उत्तरको सीमा क्षेत्रको पनि अध्ययन गरिरहेको छ । संगठनले एआईजी वंशी दाहालसँग डिआइजी गणेश ठाडालाई सीमासम्वन्धी अध्ययन अनुगमन परामर्श गर्ने दायित्व सुम्पेको पनि छ । नेपाल र भारतको खुला सीमाका कारण विवाद उत्तरतर्फ भन्दा दक्षिणतर्फ बढी हुने गर्छ । भारतीय सीमा सुरक्षा बल र शसस्त्र प्रहरीको समन्वयमा भारतले जोर नेपालले विजोर स्तम्भ मर्मत रंग रोगन गर्ने गरेका छन् ।
सरकारले कार्यविधि स्वीकृत गरेपछि शसस्त्र प्रहरीले भदौबाट सीमा मर्मतको काम गर्दैछ । अहिले मर्मत र रङ्ग रोगन गर्ने स्तम्भको विवरण संकलन गर्न थालिएको छ । नापी विभागका अनुसार नेपाल भारत सीमा क्षेत्रमा ८८५३ सीमा स्तम्भ छन् । तीनै स्तम्भको मर्मत नेपाल र भारत दूवैले गर्ने हो । भारतीय पक्षले २०१४ सम्मका सीमा स्तम्भ उखेल्ने नेपाली भुमी आफ्नोमा पारेर स्तम्भ सार्ने काम गर्दै आएको छ । वेला वखत नेपाली जनता र भारतीय सूरक्षावलबीचमा विवाद पर्ने कारण त्यही हो ।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल