Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षक आन्दोलन टुंग्याउने ९ बुँदा

काठमाडौं । अन्ततः सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको छ । गत चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै भोलिबाट पठनपाठनमा फर्कने भएका हुन् । शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितका सभापति अम्मरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले लामो छलफल गरेर बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकबाट सहमतिका बुँदा अनुमोदन गराएका छन् । यससँगै अब शिक्षकहरूले आगामी असार १५ गतेसम्मा ऐन पाउने भएका छन् । दलका प्रमुख सचेतकले ऐन जारी गर्न प्रतिबद्धता जनाएका छन् । उता, शिक्षक महासंघले भने भनेको समयमा ऐन जारी नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार

इजरायलमा भीषण आगलागी

२०८२ बैशाख १८

ताजा नेपाल

गभर्नर सिफारिस समितिमा महाप्रसाद

२०८२ बैशाख १८

ताजा नेपाल

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख १८

ताजा नेपाल