Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत डाक्टरहरुबीच छलफल भएको छ । शिक्षामन्त्री पन्तले शिक्षकहरुसँगको वार्तापछि आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेको हो । आन्दोलनरत चिकित्सक केही प्रतिनिधिले मन्त्री पन्तसँग भेटेर सरकारी सरह निर्वाह भत्ता माग गर्दै न्यूनतम पारिश्रमिक पाउनुपर्ने विषय उठाएका छन् । निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको न्यूनतम पारिश्रमिक दिन आनाकानी गर्दै आएपछि आवासीय चिकित्सकले आन्दोलन गर्दै आइरहेका छन् । मासिक ४८ हजार ७ सय रुपैयाँ दिनुपर्ने उनीहरुको माग छ ।यसअघि बिहीबार स्वास्थमन्त्री प्रदीप पौडेलसँग छलफल गरेका थिए । तर, छलफलमा कुनै निस्कर्ष निस्कन सकेन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । चिकित्सकहरु आन्दोलनमा उत्रिँदा अस्पतालमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
२०८२ बैशाख १३
ताजा नेपाल
२०८२ बैशाख १३
ताजा नेपाल
२०८२ बैशाख १२
ताजा नेपाल