Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिल्पालाई प्रहरीको ‘क्लीन चिट’

मुम्बई । गत सोमबार मुम्बई प्रहरीले पोर्नोग्राफीको एक मामलामा अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई पक्राउ गर्यो । राजलाई मुम्बईको सेशन्स कोर्टमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्नुपर्ने माग राखेपछि उनलाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ । राजको विषयमा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो प्रकरणमा शिल्पाको भूमिका के हो भन्ने प्रश्न उठिरहेका छन् । प्रहरीले पनि यो विषयमा अनुसन्धान गरेर निश्कर्ष निकालिसकेको छ । प्रहरीका अनुसार राजको मामलामा अहिलेसम्म शिल्पाको भूमिका प्रष्ट देखिएको छैन । प्रहरीले राजबाट पीडित बनेकाहरुलाई क्राइम ब्राञ्चसँग सम्पर्क गर्न आव्हान गरेको छ । मुम्बई प्रहरीका जोइन्ट कमिश्नर अफ पुलिस मिलिन्द भारम्बेले यो मामलामा हालसम्म शिल्पाको भूमिका नदेखिएको बताए । उनले शिल्पालाई हालका लागि ‘क्लीन चिट’ दिएको खुलाए । यसै वर्षको फेब्रुअरीमा प्रहरीमा पोर्न रेकेटसँग जोडिएको उजुरी परेको थियो । त्यही उजुरीका आधारमा प्रहरीले गहना वशिष्ठ, उमेश कामतलगायतलाई पक्राउ गरेको थियो । करिब ५ महिना लामो अनुसन्धान पछि प्रहरीले सोमबार राती राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजलाई पक्राउ गर्नका लागि पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल