Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । आज पनि बजार दोहोरो अंकले माथि उक्लदाँ सवा ५ अर्ब बढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६९ अंकले बढेको हो । ०.५५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१२९.४२ अंकमा पुगेको छ ।
आज २७९ कम्पनीका १ करोड १९ लाख ३ हजार ६ सय ८७ कित्ता शेयर किनबेच हुँदा ५ र्ब ३१ करोड २४ लाख २२ हजार ८७.२७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन विभिन्न ८ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी कमाएका छन् ।
हिमालयन लाइफ, बीपीडब्लू लघुवित्त, सिटी होटल, सिभिल लघुवित्त, माउन्टेन इनर्जी, आशा लघुवित्त, मिथिला लघुवित्त र डिप्रोक्स लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९।९७, ९.७६, ९.४७, ९.४६ र ९.३५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी सुपरमाई हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५ सय ८५.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६२.२१ अंकले बढ्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६ सय ६५.८९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल