Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १२.७३ अंकको सुधार, नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से उकालो लागे पनि आशातित रुपिमा कारोबार भने अझै बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १२.७३ अंकले बढेको हो । ०.६९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६९.७३ अंकमा उक्लिएको छ ।
आज २७६ कम्पनीका २५ लाख ३३ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८ सय ११।८९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज एनआईबीएल ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त, सयपत्री हाइड्रो, आत्मनिर्भर लघुवित्त र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.८६, ९.१६, ८.३७, ८.२० र ७.२० प्रतिशतले नाफा कमाएका छन् ।
यता, एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको ४ करोड ५० लाख रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार १९.११ अंकले घट्दा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७.९४ रुपियाँ, मंगलबार ४.२७ अंकले बजार घट्दा ९ करोड २२ लाख ७१ हजार ७ सय ५५.१९ रुपियाँ र हिजो बुधबार ९.१८ अंकले बजार घट्दा नेप्से परिसूचक ६२ करोड २ लाख ६६ हजार १६।८८ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार मई दिवसको बिदाका कारण बजार बन्द रहेको थियो ।