Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १४.८१ अंकको सुधार, तीन अर्ब बढीको कारोबार

काठमाडौं । समग्रमा शेयर बजार दोहोरो अंकले बढे पनि आजैबाट कारोबार शुरु भएको घोराही सिमेन्ट इन्डष्ट्रीमा भने नेगेटिभ सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से) का अनुसार आज बजार १४.८१ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८०.८६ अंकमा पुगेको छ ।
आज २७१ कम्पनीका ९७ लाख १८ हजार ७ सय ५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५ सय १२।२६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । थ्री स्टार हाइड्रो, अपर साङ्गे हाइड्रो र माउन्टेन इनर्जी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८ र ९.७४ प्रतिशतले कमाएका हुन् ।
यता आजैबाट कारोबार शुरु भएको घोराही सिमेन्टका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । आज उक्त कम्पनीको शेयर मूल्य ५६.५० रुपियाँले घटेर प्रतिशेयर रु. ५०९ मा अन्तिम कारोबार भयो ।
आज नेपाल इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ५८ करोड ४५ लाख ६१ सजार ४ सय रुपियाँ र घोराही सिमेन्टको २३ करोड १५ लाख ६८ हजार ३ सय ८३.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।


सम्बन्धित समाचार