Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि साढे १ अर्ब माथि छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६६.३४ अंकमा पुगेको छ ।
आज २७२ कम्पनीका ६१ लख २८ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोठ ४६ लाख ४८ हजार ९ सय २२।३४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार बढेको दिन आज जोशी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६ प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज पनि प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको २३ करोड २१ लख ३४ हजार ५ सय ७९ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
आगामी आवको बजेट सार्वजनिक भएको अघिल्लो दिनबाट बजार घट्न थालेको थियो । बजेट सार्वजनिक भएपछि आर्थिक विधेयक २०८० को दफा २९ प्रति लगानीकर्ताहरु सशंकित भएपछि बजार ह्वात्तै घट्यो । यसबारेमा आन्तरिक राजश्व कार्यालयले स्पष्ट पारेपछि बजार आज उकालो लागेको हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल