Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १६.९६ अंकको गिरावट, कारोवार रकम भने बढ्यो

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि शेयर बजारका लागि उत्साहजन केही कुरा आएन ।
मौद्रिक नीतिको समीक्षामा शेयर बजारबारे नयाँ केही उल्लेख नभएपछि बजारमा थप निराशा देखिएको लगानीकताकर्ताको प्रतिक्रिया छ ।
बजार सुधारको आशा नदेखेपछि शेयर बेच्नेहरु बढ्दा कारोबार रकम बढेको छ ।
यसैक्रममा आज बजार १६.९६ अंकले घटेको हो । ०.९२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२१.६४ अंकमा झरेको छ ।
२६३ कम्पनीका २७ लाख ८८ हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६.२५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी राष्ट्रउत्थान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आजैमात्रै २६ प्रतिशत लाभांश घोषणा गरेको नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।