Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १८.८० अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८५.६० अंकमा ओर्लिएको छ ।
आज २६५ कम्पनीका २७ लाख ३४ हजार ३ सय ७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सनराइज ब्यूचिप फण्ड, आदर्श लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बण्ढी १० प्रतिशतले घाट व्यहोरेका छन् ।
आज मोलुङ हाइड्रोपावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ११ लाख ९५ हजार ३.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल