Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २.४३ अंकको गिरावट, सुधार एक दिन पनि टिकेन

काठमाडौं । शेयर बजार हिजो दोहोरो अंकले बढे पनि आज फेरि ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.४३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४१.९३ अंकमा ओर्लिएको छ ।
आज २६५ कम्पनीका १९ लाख ४२ हजार ६ सय २६ कित्ता शेयर किनबेच हुँदा ५८ करोड ९१ लाख ७७.१२ रुपियाँको कारोबार भएको हो ।
हिमाल दोलखा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२४ प्रतिशतले नाफा कमाउँदा एनसीसी डिबेञ्चर २०८६ का लगानीकर्ताहरुले सबैभन्दा बढी ७.२४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ५६ लाख १० हजार ८ सय ४७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार १९.१२ अंकले बजार घट्दा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ, सोमबार १६.९३ अंकले बजार घट्दा ८२ करोड ४२ लाख १७ हजार १.८५ रुपियाँ र हिजो मंगलबार १०.६६ अंकले बजार बढ्दा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७।०७ रुपियाँ बराबरको कारोबार भएको थियो ।