Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से दोहोरो अंकले उकालो लागे पनि कारोबार रकम भने एक अर्ब पनि कट्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २७.३१ अंकले बढेको हो । १.४८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७१.३३ अंकमा उक्लिएको छ ।
आज २६२ कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता शेयर किनबेच हुँदा ९४ करोढ ५२ लाख ४९ हजार १ सय ७९.३६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज कालिञ्चोक दर्शन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले क्रमशः १० र ९.६९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी हिजोबाट मात्र कारोबार शुरु भउको सानिमा मिडिल तमोर हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ३.५४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड १० लाख ९३ हजार ५ सय ८९.१० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार २८.३१ अंकले घट्दा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४ सय ११.७२ रुपियाँ र हिजो सोमबार ५.५४ अंकले बजार बढ्दा ९१ करोड १९ लाख ७६ हजार ४९.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल