Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । नेप्से तल झर्दै गएपछि कारोबार रकम भने थोरै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २८.३१ अंकले घटेको हो । १.५२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८.४८ अंकमा ओर्लिएको छ ।
आज २६८ कम्पनीका ३८ लाख ४३ हजार ७ सय १३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४ सय ११.७२ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले भने ९.९७ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२।५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
शेयर बजार केही दिन यता ओरालो झरिरहेको छ । यसअघि ३२ सय अंकसम्म पुगेको बजार १८ सय अंकबाट पनि तल झर्ने संकेत देखिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल